उपाधिपछि लिभरपुलको दोस्रो जित : पराजित भएको ब्राइटन ३६ अंकसहित १५ औँ स्थानमा



काठमाडौं, २५ असार । इंग्लिस प्रिमियर लिगमा इजिप्टका फरवार्ड मोहम्मद सलहको दुई गोल तथा एक असिस्ट प्रदान गरेसँगै मर्सिसाइड क्लब लिभरपुलले ब्राइटनमाथि सहज जित हात पारेको छ । उपाधि पक्का गरेपछि उसले तीन खेलमा दोस्रो जित निकालेको हो ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो । ब्राइटनका लागि लियानड्रो ट्रोसार्डले एक गोल फर्काएका हुन् । सालहले छैटौँ तथा हेन्डर्सनले आठौँ मिनेटमा गोल गरेपछि लिभरपुलले २–० को अग्रता लियो । ट्रोसार्डले ४५ औँ मिनेटमा ब्राइटनका लागि एक गोल फर्काए ।

७६ औँ मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल ३–१ ले विजयी भयो । लिभरपुलको ३४ खेलबाट ९२ अंक भएको छ । उसले अब बाँकी चार खेलमा कम्तिमा ८ अंक जोडेमा लिगमा उसले १०० अंक बनाउने छ । पराजित भएको ब्राइटन ३६ अंकसहित १५ औँ स्थानमा छ।

    Comment Here!


सम्बन्धित समाचार

View All