ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने


shreedhar Gautam
असार १५, २०७७ सोमबार  १२ : ४६ बजे

काठमाडौं, १५ असार । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज बन्द गरिने भएको छ ।

पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व। सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सिंहको ८८ वर्षको उमेरमा शुक्रबार छाउनीस्थित निवासमा निधन भएको थियो । उहाँले राखेपको सातौँ सदस्य–सचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत हुनुहुन्थ्यो ।

स्वास्थ्य सामग्री हस्तान्तरण

राखेपले आफ्नो मातहतमा कार्यरत कर्मचारीलाई आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

राखेप सदस्य–सचिव सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीमा पिपिई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, स्यानेटाइजर, चस्मा र पञ्जा छन् । कोभिड– १९ को जोखिमलाई ख्याल गरी सतर्कताका साथ काम गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको राखेपअन्तर्गत खेलकूद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com