पाकिस्तानी क्रिकेट टिमका तीन खेलाडीमा कोरोना संक्रमण



एजेन्सी । पाकिस्तान क्रिकेट टिमका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले हैदर अली, शादब खान र हरिस राउफलाई कोरोना संक्रमण देखिएको जनाएको छ । कोरोना देखिएका खेलाडी सेल्फ आइसोलेसनमा रहेको बताईएको छ ।

इंग्ल्यान्ड भ्रमण अघि गरिएको परिक्षणमा तीन खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो । कोरोनाको सामान्य लक्षण देखिएपछि खेलाडीमा परिक्षण गरिएको थियो । अन्य दुई खेलाडी इमाद वासिम र उस्मान सिनवारीलाई भने नेगेटिभ देखिएको छ ।

पाकिस्तानको क्रिकेट टिम आगामी साता इंग्ल्यान्ड भ्रमणमा निस्कदैछ । घरेलु टिमसँगको टेष्ट र टी(ट्वान्टी सिरिजका लागि पाकिस्तानी टिम जुन २८ मा इंग्ल्यान्ड प्रस्थान गर्ने बताईएको छ ।

पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी ट्वान्टी सिरिज खेल्नेछ । दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टी(ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ ।

    Comment Here!


सम्बन्धित समाचार

View All