एन्फा विवाद चर्किएसंगै प्रदेश १ मा बैठक आह्वान



काठमाडौं, ७ असार । अखिल नेपाल फुटबल संघ ( एन्फा ) मा आन्तरिक विवाद चर्किएसंगै प्रदेश नम्बर १ ले प्रादेशिक कमिटिको बैठक बोलाएको छ ।

नेतृत्व तहमा विवाद चर्किएर वारपारकै अवस्था सिर्जना भएपछि प्रदेश नम्बर १ ले प्रादेशिक कमिटिको बैठक भोलि (सोमबार) का लागि बोलाएको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्गबीच देखिएको आन्तरिक द्धन्दका कारण एन्फामा विवाद चुलिएको हो ।

अध्यक्षसंग वरिष्ठ उपाध्यक्षको सम्बन्धमा दरार उत्पन्न भएपछि प्रदेश १ ले आन्तरिक बैठक बोलाएको हो ।

बैठकमा एन्फाभित्र देखिएको आन्तरिक विवाद, उपाध्यक्षले राख्दै आएका फरक मत सहित प्रदेश कमिटिको विधान, कार्यक्रम लगायतका एजेण्डा तय गरिएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All