ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्फा निर्णय – टासीलाई पुन मानार्थ अध्यक्ष


shreedhar Gautam
असार २, २०७७ मंगलबार  ७ : ३४ बजे

काठमाडौं, २ असार  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने निर्णय गरेको छ ।

मंगलबार बसेको एन्फा कार्यसमितिको आपतकालिन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेको कारबाही प्रकृयालाइ यथावत राख्दै पुन सोही पदमा फर्काउने निर्णय गरेको हो ।

कर्माछिरिङ शेर्पा नेतृत्वको वर्तमान कार्यसमिति एन्फा नेतृत्वमा आए लगत्तै घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । तर टासीसंग आन्तरिक विवाद बढ्दै गएपछि एन्फाले मानार्थ पद खारेज गर्दै टासीलाई पद मुक्त गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को दबाबमा पुन एन्फाले टासीलाई मानार्थ अध्यक्षमा फर्काएको हो ।

बैठकमा एन्फा अध्यक्ष शेर्पाले घलेले गल्ती स्विकार गर्दै पुन एन्फामा फर्कन चाहेको उल्लेख गर्दै मानार्थमा फर्काउनुपर्ने राय राख्नुभएको थियो ।

यस्तै, बैठकले गौतम सुखजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गर्दै १५ सदस्यीय तदर्थ कमिटि गठन गरेको छ ।

विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघको कार्यसमितिलाई भंग गर्दै तदर्थ कमिटि गठन गरेको हो ।

भक्तपुर जिल्ला फुटबल संघको बिषयमा अनुसन्धान गर्न एन्फाले लिग निर्देशक सञ्जिव मिश्र र कार्यसमिति सदस्य मधुसुधन उपाध्यायको नेतृत्वमा कमिटि गठन गरेको थियो ।

दुवै कमिटिको प्रतिवेदनका आधारमा एन्फा कार्यसमिति बैठकले भक्तपुर जिल्ला फुटबल संघलाई भंग गर्दै तदर्थ कमिटि गठन गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोनाले प्रभावित बनाएको फुटबल गतिविधि पुन सुरु गर्न राखेपसंग माग गरेको छ ।

बैठकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्ग अनुपस्थित रहनु भएको थियो । उहाँ स्वास्थ्यको कारण देखाउँदै बैठकमा अनुपस्थित रहनु भएको बताइएको छ ।

मानार्थ अध्यक्ष र भक्तपुर जिल्लाको बिषयमा निर्णय गर्न एन्फाले सोमबार आपतकालिन समितिको बैठक आह्वान गरेको थियो । तर वरिष्ठ उपाध्यक्ष अनुपस्थित रहेपछि बैठक स्थगित भएको थियो । लगत्तै एन्फाले कार्यसमितिको आपतकालिन बैठक आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com