म्याच फिक्सिङको आरोप लागेका खेलाडीले पाए सफाई



काठमाडौं, २ असार  । म्याच फिक्सिङको आरोप आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालिन कप्तान कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।
न्यायाधीश आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले मंगलबार सागरसहित, सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिएको हो ।

अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिबन्धको घोषणा गरिसकेको छ ।

यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै उनीहरुलाई सफाइ दिएको थियो । तर, सरकारी पक्षले उक्त फैसलाविरुद्ध २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।

म्याच फिक्सिङको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो । त्यसपछि कात्तिक २२ गते राज्यविरुद्धको अपराध गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

    Comment Here!


सम्बन्धित समाचार

View All