एन्फा कार्यसमितिको आपतकालिन बैठक बस्दै



काठमाडौं,  २ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आपतकालिन बैठक आज बस्दैछ ।

सोमबारको आपतकालिन समितिको बैठक स्थगित भएसंगै एन्फाले मंगलबार  कार्यसमितिको आपतकालिन बैठक बोलाएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो २ बजे सुरु हुनेछ ।

वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ अनुपस्थित रहेपछि सोमबारको आपतकालिन समितिको बैठक स्थगित गरिएको थियो ।

नेम्बाङ्ग स्वास्थ्यको कारण देखाउँदै बैठकमा अनुपस्थित भएका थिए ।

कुनै एक सदस्य अनुपस्थित रहेपछि आपतकालिन बैठकको निर्णय लागु नहुने एन्फा विधानमा व्यवस्था छ ।

एन्फाको मानार्थ अध्यक्ष पुर्नस्थापना गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका बिषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको थियो ।

    Comment Here!


सम्बन्धित समाचार

View All