काठमाडौं, १६ मंसिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवको प्रधानमन्त्री केपी ओली हुने घोषणा गर्नुभएको छ ।
एबीसी न्युजको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रधानमन्त्री हुंदा आफुलाई फरक नपर्ने बताउनुभएको हो ।
उहांले माओबादी केन्द्र र एमालेको पार्टी एकिकरणको चरण सम्म दुईजनाकै नेतृत्वमा पार्टी संचालन हुने बताउंदै पार्टी एककिरणका बिषय जनताको सम्पत्ती भै सकेकाले अव कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो ।
पार्टी एकताको गाडी कुदिसकेकाले एकताको गाडी नरोकिने उहांको भनाई छ ।
एक प्रश्नको जवाफ दिंदै अध्यक्ष प्रचण्डले बिश्व समुदायले नेपाललाई प्रचण्डको देशभनेर चिन्ने गरेको बताउंदै नेपाललाई चिनाउन पनि आफुलाई भोट दिनुपर्ने बताउनुभयो ।
माओबादी र एमालेको एकिकरणले नेपाली जनतामा नयां तरंग ल्याएको बताउंदै जनताको तरंग जनयुद्ध सुरुगर्दा भन्दा ठूलो भएको जिकीर गर्नुभयो ।
अध्यक्ष प्रचण्डसंगको बिशेष अन्तरवार्ता आज सांझ ९ बजे प्रसारण हुने छ ।
प्रतिक्रिया दिनुहोस्