प्रिमियर लिगको अन्तिम चरणमा सबै नतिजा नेगेटिभ



काठमाडौं, २५  जेठ  । प्रिमियर लिगको अन्तिम चरण अन्तर्गत गरिएको कोरोना परिक्षणमा सबै खेलाडी तथा स्टाफको नतिजा नेगेटिभ देखिएको छ ।

लिगका १ हजार १ सय ९५ जनामा गरिएको परिक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको हो ।

जुन ४ र ५ गते अन्तिम चरणको परिक्षण गरिएको थियो । अघिल्लो चरणमा एक ब्यक्तीमा कोरोनाको संक्रमण देखिएको थियो । सुरुवाती चरणबाट ६ हजार २ सय ७४ जनामा गरिएको परिक्षणमा १३ जनामा संक्रमणको पुष्टि भएको छ ।

प्रिमियर लिग मार्च १३ बाट स्थगित थियो । लिग जुन १७ बाट बन्द रंगशालामा पुन सुरु गर्ने तयारी छ । पहिलो खेलमा एस्टन भिल्लाले सेफिल्ड युनाईटेडलाई आमन्त्रण गर्दैछ । अर्को खेलमा म्यान्चेष्टर सिटी र आर्सनल भिड्नेछन् । लिभरपुलले प्रिमियर लिगमा २५ अंकको अग्रता लिएको छ भने बर्नेमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेशन जोनमा रहेका छन् ।
प्रिमियर लिगको अबरुद्ध सिजनमा ९२ खेल सञ्चालन गर्न बाँकी छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All