काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि



 

काठमाडौं, २० जेठ । मंगलबार देशभर थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यीमध्ये ६ जना काठमाडौं उपत्यकामा रहेका व्यक्तिहरू रहेका छन् । डा देवकोटाका अनुसार काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ भने धादिङ घर भएर काठमाडौंको एक अस्पतालमा उपचाररत एक जना महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी भक्तपुर चाँगुनारायणका एक व्यक्तिमा समेत कोरोना संक्रमण भेटिएको छ।

    Comment Here!


सम्बन्धित समाचार

View All