कपिलवस्तुमा थपिए ३९ कोरोना संक्रमित



कपिलवस्तु, १९ जेठ ।  कपिलवस्तुमा थप ४० जना कोरोना संक्रमित थपिएका छन्। कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार सोमबार जिल्लाका चार वटा नगरपालिकाका ४० जनामा संक्रमण पुष्टि भएको हो। नगरपालिकाको वडा नम्बर ४ का ११ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ३ सय १० पुगेको छ।

त्यस्तै, वडा नम्बर ११ का ९, वडा नम्बर ३ का ४ तथा वडा नम्बर ६ र १० का १र१ जना छन्। त्यसैगरी, जिल्लाको बुद्धभूमि नगरपालिकाको वडा नम्बर ८ का ८ जना र वडा नम्बर १० का २ गरी १० जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार थपिने बाँकी संक्रमितहरूमा महाराजगन्ज नगरपालिका वडा नम्बर १ र २ का १र१ जना पुरूष छन् भने वाणगंगा नगरपालिका वडा नम्बर ११ का दुई जना महिला रहेको कोरोना फोकल पर्सन थापाले बताउनुभयो । संक्रमित सबै १७ देखि ५८ वर्ष उमेर समूहका छन्। संक्रमितमध्ये वाणगंगाका दुई जना महिलाबाहेक अरु ३७ जना पुरूष हुन्।

    Comment Here!


सम्बन्धित समाचार

View All