ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना नियन्त्रणगर्न प्रदेश सरकार गम्भिर बनेन् – नेता शाही


एबीसी न्यूज


सुर्खेत, १८ जेठ । कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो । उहाँहरुले भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको सङ्क्रमणको जोखिम उच्च रहेकाले उनीहरुलाई सुरक्षित रुपमा राख्ने, परीक्षण गराउने र सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश कोरोनाको भयावह अवस्थामा पुगेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको आजको बैठकमा उहाँले भारतबाट भित्रिएका नागरिकका कारण कोरोना फैलिएको जनाउनुभयो ।

भारतबाट आएका नागरिकहरुको लगत सङ्कलन गरी सीमा क्षेत्रमा क्वारेन्टिन बनाएर जाँच गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कोरोना प्रतिकार्यमा हामीले सरकारलाई आवश्यक सहयोग दिन्छौँ भन्दै आए पनि सरकारले बेवास्ता ग¥यो ।” सुर्खेत, दैलेख, सल्यान र कालीकोटमा एक हप्ताभित्रै १२३ जना कोरोना सङ्क्रमित भेटिनुले कर्णालीका अन्य जिल्ला पनि अछुतो नरहने भन्दै उहाँले यहाँका नागरिकको जीवन सुरक्षार्थ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य कुर्मराज शाहीले भारतका कारण नेपाल तथा कर्णाली प्रदेशमा कोभिड–१९ को सङ्क्रमण फैलिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “कर्णालीमा पछिल्लो समयमा भारतले बस्न नदिएर नेपाल आउन बाध्य पारिएका नागरिकहरुबाट कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com