ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो


एबीसी न्यूज
जेष्ठ १८, २०७७ आईतबार  ५ : २८ बजे

काठमाडौं, १८ जेठ ।  नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो  ।

प्रवक्ता देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक जाना र स्याङजाका २ जना गरी ३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना गरी ३७ जना, सुर्खेतमा सल्यानका २५ र सुर्खेतका १ गरी २६ जना, धुलिखेलमा कपिलवस्तुका १ जना, भेरी अस्पतालमा बाँकेका ८ जना, धरानमा गरिएको परिक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ र बाजुराका २ जना गरी ५ जना, कोशि अस्पतालमा झापाका ४ र मोरङका १ गरी ५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका १० जना गरी ६४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यससँगै देशभर १ हजार ४ सय ५० पुरुष र १ सय १७ महिला गरी कुल १ हजा ५ सय ६७ जनामा संक्रमण देखिएको हो । आइतबार संक्रमण हुने १ य ६६ मध्ये १ सय ६२ पुरुष र ४ जना महिला रहेका छन् ।

यसैगरी प्रदेश नम्बर १ मा १ सय ३५, प्रदेश नम्बर २ मा ५ सय १९, बागमती प्रदेशमा १४ र गण्डकी प्रदेशमा २० जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ९, कर्णाली प्रदेशमा १ सय २२ र सुदूरपश्चिम प्रदेशमा २० जना गरी १ हजार ३ सय ४९ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

पीसीआर विधिबाट अहिलेसम्म ६९ हजार ५ सय ८२ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५३ र आरडिटी विधिबाट ४ हजार ५४ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै देशभर कुल १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा रहेको प्रवक्रा देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा कुल ३ हजार ५ सय ३६ जना, प्रदेश नम्बर २ मा १९ हजा ९ सय ८३ जना, बागमती प्रदेशमा २ हजार ४ सय २३, गण्डकी प्रदेशमा ३ हजार ५ सय १४, प्रदेश ५ मा ३५ हजार, कर्णाली प्रदेशमा १९ हजार ५ सय ८९ र सूदुरपश्चिम प्रदेशमा ३५ हजार १ सय ४७ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैवीच कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।  आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताउनुभयो । उहाँले दैलेखको दुल्लु नगरपालिकाका पैतिस वर्षिय पुरुष र बाजुराकी २ वर्षिय बालिकाको मृत्यु भएको बताउनुभयो । पछिल्लो समय बाजुरामा एक साता अघि भारतबाट आमाबुबासँग नेपाल आएकी दुई वर्षकी बालिकाको मृत्यु भएको हो । बालिकाको आज विहान २ बजेर ३० मिनेटमा मृत्यु भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यस्तै आइतबार नेपालमा १ सय ६६ जनामा कोरोना पोजेटिभ देएिको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com