ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनामुक्त भएर घर फर्किइन् २५ वर्षीया महिला


एबीसी न्यूज
जेष्ठ १८, २०७७ आईतबार  २ : ३८ बजे

चितवन, १८ जेठ । चितवनको भरतपुर अस्पतलामा उपचाररत कोरोना संक्रमित एक महिला डिस्चार्ज भएकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नं। १ चौकीटोल घर भएकी एक २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमा नै संक्रमण मुक्त भएपछि अस्पतालले आइतबार बिहान डिस्चार्ज गरेको हो ।

गर्भवती ती महिलाले आफूलाई कोरोनाको संक्रमण कहाँबाट कसरी भयो भन्ने बारेमा नै आश्चार्यमा परेको बताइन् । चाँडै नै निको भएकोमा खुसी ब्यक्त गर्दै उनले भनिन् कोही पनि आत्तिनुपदैन निको हुन्छ । भरतपुर अस्पतलाका फिजिसियन डा. प्रमोद पौडेलले उनको शरीरमा भाइरल लोड कम भएको र इम्युनिटी पावर पनि राम्रो भएकोले छिटो निको भएको हुनसक्ने बताउनुभयो ।

पाँच महिनाकी गर्भवती रहेकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुईपटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् । गएको जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ति महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com