ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले ल्याएको बजेट आम सञ्चार क्षेत्रको निम्ति सकारात्मक– नेपाल मिडिया सोसाइटी (पत्रसहित)


एबीसी न्यूज
जेष्ठ १६, २०७७ शुक्रबार  ८ : १३ बजे

काठमाडौं, १६ जेठ । आर्थिक वर्ष २०७७/०७८ को निम्ति सरकारले ल्याएको बजेट आम सञ्चार क्षेत्रको निम्ति सकारात्मक भएको भन्दै सरोकारवालले स्वागत गरेका छन् ।

शुक्रबार नेपाल मिडिया सोसाइटी, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (अकोराव ) ले संयुक्त रुपमा विज्ञप्ती जारी गरी बजेटले आमसञ्चार क्षेत्रले माग गर्दै आएका केही विषय सम्वोधन भएकोमा स्वागत गरेका हुन् । विज्ञप्तीमा बजेटमार्फत् आमसञ्चारमाध्यमको कारोबारको दुई प्रतिशत सेवाशुल्क मध्ये १ प्रतिशत कायम गरिनु र आगामी आर्थिक वर्षमा टेलिभिजन र रेडियोको लाइसेन्स तथा उपकरण नवीकरण शुल्कमापूर्ण छुट दिने व्यवस्था मिलाएकोमा अर्थ मन्त्रालयलाई धन्यवाद ज्ञापन गरिएको छ ।

विभिन्न कारणले नवीकरण हुन नसकेका प्रसारण संस्थालाई ०७७ पुस मसान्तसम्म विना जरिवना नवीकरण गर्न पाउने सुविधा तथा स्थानीय रुपमा सञ्चालनमा रहेका प्रसारण संस्थालाई राज्यकातर्फबाट प्रवर्धन गर्ने नीति प्रशंशनीय रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी बजेट वक्तव्यमा उल्लेख भएको र अर्थ विधेयक तथा अर्थ मन्त्रालयमामार्फत गरिनुपर्ने कतिपय विषय अस्पष्ट रहेको उल्लेख गर्दै त्यसलाई स्पष्ट गरी नेपाली आमसञ्चार माध्यम सञ्चालनका लागि सहजीकरण गरिदिनेमा विश्वास व्यक्त गरेका छन् । त्यस्तै, बजेट प्रस्तुत हुनुभन्दा अघि संयुक्त रुपमा पेश गरेका मागहरु मध्ये अन्य मागहरुलाई मन्त्रालय र अन्य सरोकारवाला निकायहरुबाट कार्यान्वयनमा ल्याइदिन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com