ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न आग्रह


एबीसी न्यूज
जेष्ठ १६, २०७७ शुक्रबार  ८ : ०४ बजे


काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठ्ूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

‘कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी’ विषयको राष्ट्रसङ्घीय उच्चस्तरीय भर्चुअल संवादमा गए राति सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका हरेक अर्थतन्त्रलाई माथि उकास्न दिन त्यस प्रकारको अर्थप्रणाली आवश्यक भएकाले विद्यमान विश्व आर्थिक व्यवस्थाको ढाँचामा आमूल परिवर्तन गर्न आग्रह गर्नुभएको हो ।

राष्ट्रसङ्घका महासचिव तथा क्यानडा र जमैकाका प्रधानमन्त्रीहरुद्वारा आयोजित सो संवादमा प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्ध विकास भइरहेका खोपको वैज्ञानिकताका लागि परीक्षण हुनुपर्ने उल्लेख गर्दै त्यस्ता खोप धान्न सकिने हुनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले कोरोना महामारीको भयावहतालाई ध्यान दिएर यस अग्निपरीक्षाबाट पार पाउन सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । “महामारीको सन्त्रासको अवस्थामा हामीले कसैलाई पनि अलग नगरीकन आपसमा मिलेर उचित रोकथाम गरी पुनःस्थापना र पुनःनिर्माणको सुनिश्चितता गर्नुपर्नेछ,” प्रधानमन्त्री ओलीले भन्नुभयो – “यो हाम्रा बहुपक्षीय संस्था र प्रक्रियालाई सबल बनाउने समय हो ।”

“दिगो आर्थिक–सामाजिक आधारस्तम्भका लागि हामी आर्थिक नीतिमा पुनःताजगीकरण र आफ्ना मुलुकका आन्तरिक स्रोतको परिचालन भएको हेर्न चाहन्छौँ,” प्रधानमन्त्री ओलीले भन्नुभयो – “हामीले अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई सामूहिक समृद्धिका लागि निष्पक्ष र न्यायोचित बनाउनुपर्छ । व्यापार युद्धमा लाग्नुहुन्न र संरक्षणवादको प्रतिरोध गर्नुपर्छ ।”

आफ्ना नागरिकको जीवनरक्षा नै पहिलो कार्यभारमा पर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य सङ्गठनले अहिलेको समयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा आभार व्यक्त गर्नुभयो । उहाँले ‘जि–२०’ का राष्ट्रहरु र अन्तर्राष्ट्रिय मुद्रा कोषका पहललाई स्वागत गर्दै अझै प्रभावकारी काम हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले ‘ओडिए’, प्रत्यक्ष वैदेशिक लगानी, व्यापार, ऋण सहुलियत, विकास र प्रविधिको हस्तान्तरणमा अन्तर्राष्ट्रिय सहायताका मापदण्ड पूरा हुनुपर्ने खाँचो पनि औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com