ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा उपचाररत ८ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या २ सय पुग्यो


एबीसी न्यूज

काठमाडौं, १६ जेठ । नेपालमा कोरोना संक्रमण भएर उपचाररत थप ८ जना संक्रमित निको भएर घर फर्किएका छन्। दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना शुक्रबार कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

योसँगै नेपालमा निको हुने संख्या २ सय पुगेको छ। हालसम्म नेपालमा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन पनि कोरोनाका कारण नै भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। आजै गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

नगरपालिकाको वडा नं ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नं ७ शिवचोकका ३५ वर्षीय पुरुषमा पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार गरिएको थियो । पछिल्लो दुईपटकको सो परीक्षणका क्रममा नेगेटिभ आएपछि दुवैलाई घर पठाइएकामा हाल दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । किसिगालका ५७ वर्षीय पुरुष भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत रहेको र शिवचोकका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा कार्यरत रहेको नगरपालिकाले जनाएको छ । दुवै सङ्क्रमितमा नेगेटिभ प्रतिवेदन प्राप्त भएको खबरपछि नगरपालिकाको जनजीवन सामान्य बनेको छ ।

विषम परिस्थितिमा घरमै बस्न, पटक पटक साबुन पानीले हात धुन र अत्यावश्यक कामका लागि बाहिर निस्कनै परेमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न नगरपालिकाले आह्वान गरेको छ । दुवैजनाका सम्पर्कमा आएका मानिसमा गरिएको परीक्षणमा कोभिड–१९ नभेटिएको पनि उहाँले बताउनुभयो ।

यसैवीच नेपाली सेनाका उपरथी शुरेस कुमार कार्की डिस्चार्ज हुनुभएको छ । कोरोना भाइरसको संक्रमण देखिएका कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएपछि उहालाई डिस्चार्ज गरिएको छ भने उहासगै भर्ना भएका थप जनाको पनि रिपोर्ट नेगेटीभ आएपछि आजै डिस्चार्ज गरिएको हो ।

सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि भएपछि १२ दिन अघि सशस्त्र प्रहरी बलको बलम्वुस्थित कोभिड १९ अस्पतालमा उपचारर्थ भर्ना गरिएको थियो । कार्कीको दुवै रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालवाट डिस्चार्ज गरिएको हो । कार्कीको उपचारमा सशस्त्र प्रहरीका डाक्टर र नर्सहरु खटिएका थिए ।

यसैवीच कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहनुभएकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्कनुभएको छ ।

यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उहाँलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो ।

अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उहाँलाई बिहीबार साँझ डिस्चार्ज गरेपछि भक्तपुरको च्यामासिंस्थित घर फर्किनुभएको हो । वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पिसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सिल हटाइसकिएको छ । यो समाचार तयार गर्दा सम्म नेपालमा २ सय जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com