बर्नलीका सहायक प्रबन्धकलाई कोरोना



काठमाडौँ, ७ जेठ ।   इंग्लिस क्लब बर्नलीका सहायक प्रबन्धक इयान वोनलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

बर्नलीले इयानलाई कोरोना देखिएको पुष्टि गरेको छ ।

टिमको प्रशिक्षण गर्नु अघि गरिएको परिक्षणमा इयानलाई कोरोना पोजेटिभ देखिएको हो ।

कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि इयान सेल्फ आईसोलेसनमा रहेको बताईएको छ ।  यस्तै वाट्फोर्डका एक खेलाडी र दुई स्टाफमा समेत कोरोना संक्रमण देखिएको छ । प्रिमियर लिगमा मंगलबार पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परिक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो ।

क्लबको प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीसहित अन्य कर्मचारी गरि कुल ७ सय ४८ जनामा परिक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो ।

प्रिमियर लिग क्लबले मंगलबारबाट प्रशिक्षण थालेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All