ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रान्समिसन लाइन जस्केलाबाट होइन मूलढोकाबाट आएको हो – प्रधानमन्त्री


एबीसी न्यूज
जेष्ठ ६, २०७७ मंगलबार  ४ : १४ बजे

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रान्समिसन लाइन जस्केलाबाट होइन मूलढोकाबाट आएको बताउनु भएको छ । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले लप्सीफेंदी–रातमाटे–हेटौंडा र लप्सिफेंदी–रातमाटेदमौली–बुटवल ४ सय केभी प्रसारण लाइन बनाउने नीति तथा कार्यक्रम जस्केलाबाट नभई मूलढोकाबाट आएको बताउनुभयो ।

मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली उक्त परियोजना जसरी पनि निमार्ण गरिने बताउनुभयो । ‘नीति तथा कार्यक्रमको २११ नम्बर बुँदामा भएको उक्त परियोजनाबारे केही माननीयहरूले एमसिसी जस्केलाबाट छिर्‍यो भन्नुभएको रै’छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ,‘यो परियोजना जस्केलाबाट आएको होइन। मूलढोकाबाट आएको हो। एमसिसीले बनाए बनाउँछ अरू कसैले बनाए पनि बनाउँछ, कसैले नबनाए हामीले बनाउँछौं।’

उहाले नेपालमा धेरै बिजुली उत्पादन गरिरहेका र बंगलादेशलाई समेत बेच्ने योजना बनाइरहेकाले बिजुली ट्रक–रेल– पानीजहाजमा बेच्न नमिल्ने भएकाले प्रसारण लाइन बनाउन लागिएको जानकारी गराउनुभयो । यसअघि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य भीम रावलले एमसिसी परियोजनामा उल्लेखित भएको लप्सीफेंदी–रातमाटे–हेटौंडा र लप्सीफेंदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नीति तथा कार्यक्रममा परेको भन्दै जस्केलाबाट एमसिसी पसाउन खोजेको त होइन भन्दै प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भने एमसिसी पास गर्ने कि नगर्ने जिम्मा संसदलाई भएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबजका सामू लोकप्रियतावाद र अराजकतावादको चुनौति केही समयका पाहुना हुन्ः एमाले महासचिव

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने :बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी

सम्बन्धित

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाख लगानी, कहाँ कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com