ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतलाई प्रधानमन्त्रीको कडा प्रश्न – सत्यमेव जयते कि सिंहमेव जयते ?


एबीसी न्यूज
जेष्ठ ६, २०७७ मंगलबार  ३ : ४८ बजे


काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतसामु लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गर्नुभएको छ । यो भूमि नेपालको भएको र त्यसलाई फिर्ता ल्याइछाड्ने सरकारको दृढता भएको उहाले बताउनुभयो । तर, पछिल्लो समय जे लक्षण देखिएको छ, त्यसले सजिलो छैन भन्ने देखाएको भन्दै प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गरेका गर्नुभएको छ , ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न समेत बताउनुभयो । ‘यसको निष्कर्ष निकालिन्छ । हाम्रो भू–भाग फिर्ता लिइछाड्छौं’ उहाले भन्नुभयो ।

कूटनीतिक संवादमार्फत नेपाली भूमि फिर्ता लिन सकिने सरकारको विश्वास रहेको उहाले बताउनुभयो । तर, भूमि फिर्ता सजिलो छैन भन्ने देखिएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘भारतको एउटा प्रतीक चिह्न छ भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । म सोध्नेवाला छु सत्यमेव जयते कि सिंहमेव जयते ?’

उहाले भन्नुभयो ‘नेपाल विश्वास गर्छ, सत्यमेव जयते । हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं किनभने सत्यमेव जयते ।’

प्रधानमन्त्रीले बोलेको शब्दको अर्थ यस्तो

सत्यमेव जयते – यसको अर्थ हुन्छ सत्यको नै विजय हुनेछ, असत्यको होइन । सत्यमेव जयते भन्ने आदर्श वाक्य मुण्डकोपनिषद्को ३।१।६ को मन्त्रको हो । जसमा भनिएको छ ?

सत्यमेव जयते नानृतम सत्येन पंथा विततो देवयानः।
येनाक्रमंत्यृषयो ह्याप्तकामो यत्र तत् सत्यस्य परमम् निधानम् ॥

जसको अर्थ हुन्छ – ‘सत्य’ को नै विजय हुनेछ, असत्यको होइन । ‘सत्य’द्वारा नै देवताहरूको यात्रा (पथ) विस्तीर्ण भएको छ । आप्तकाम ऋषिगण त्यही ठाउँमा विद्यमान रहन्छन् जहाँ सत्य रहेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबजका सामू लोकप्रियतावाद र अराजकतावादको चुनौति केही समयका पाहुना हुन्ः एमाले महासचिव

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने :बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी

सम्बन्धित

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाख लगानी, कहाँ कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com