ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रंगशालामा राखिएका ‘डमी’ दर्शक ‘सेक्स डल’ परेपछि कोरियन क्लबले माग्यो माफी (फोटोफिचर)


एबीसी न्यूज
जेष्ठ ६, २०७७ मंगलबार  १० : १९ बजे

एजेन्सी, ६ जेठ । कोरोना महामारीकाबीच व्यवसायीक फुटबल लिग सुचारु गराएको कोरियन के–लिग आलोचित बन्न पुगेको छ ।

अनिवार्य सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका कडा नीति अवलम्बन गरेको के–लिग रंगशालामा राखिएका डमी दर्शकका कारण आलोचित बनेको हो ।

आइतबार एफसी सियोल र ग्वाँजिउ एफसीबीच भएको खेलमा खाली रंगशालामा डमी दर्शक राख्ने निर्णय भएको थियो ।

खाली रंगशालामा खेलाइने खेलको वातावरण कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषयमा चिन्तित बनेका आयोजकलाई ‘डल्कम’ कम्पनीले रंगशालाको खाली सिटमा डमी दर्शकका रूपमा आफ्नो डल राख्न आग्रह गरेपछि एफसी सियोलले सहमती जनाएको थियो ।

खेल सुरु भएको केही क्षणमा घरै बसेर अनलाइनमार्फत हेरिरहेका दर्शकहरूले रंगशालामा राखिएका डमी दर्शकहरू सामान्य किसिमका डल नभइ सेक्स डल रहेको भन्दै क्लब र व्यवस्थापनको आलोचना सुरु गरेका थिए ।

यस्तै, राखिएका डमी दर्शक ‘सेक्स डल’ रहेको पुष्टि भएपछि एफसी सियोलले आफ्नो लज्जास्पद कार्यको लागि सबैसँग माफी मागेको छ ।

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा माफी माग्दै क्लबले आफ्नो योजना रंगशालाको वातावरण खेलकुदमय बनाउने मात्र रहेको र प्रस्ताव गर्ने कम्पनीको असावधानीका कारण गलत डल रंगशालामा आएकोमा क्षमा याचना मागेको छ ।

रंगशालमा राखिएका ३० डमी दर्शकमध्ये २८ महिला र दुई पुरुष रहेका थिए । बीबीसीका अनुसार राखिएका केही डमीमा पोर्न साइटहरूका विज्ञापनसमेत राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com