चितवन, १२ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचनमा बामगठबन्धनले दुईतिहाई मत पाएको दावी गर्नुभएको छ ।
गठबन्धनले आज चितवनको पर्शाढापमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा अब बाम सरकार बनाउन कसैले रोक्न नसक्ने बताउनुभयो । कार्यकर्ताहरुले अझै मेहनत गर्न आवश्यक रहेको भन्दै उहांले मेहनत गरे दोस्रो चरणको निर्वाचनमा पनि बामगठबन्धनले सजिलै दुईतिहाई बहुमत ल्याउने ठोकुवा गर्नुभयो । उहांले नेपालमा अस्थिर सरकार भएकै कारण विकास नभएको भन्दै बामगठबन्धनको सरकार ५ वर्ष टिक्ने विश्वास ब्यक्त गर्नुभयो । उहा“ले स्थिर सरकारले मात्र चितवनको विकास गर्न सक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्