ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाद्यान्न पाउनु भएन ? फोन गर्नुहोस् ,खाद्यान्न र तरकारी घरमै आउँछ


admin

 

काठमाडौं, १५ चैत । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीलाई दैनिक अत्यावश्यक वस्तुको अभाव हुन नदिन घुम्ति खाद्यन्न तथा तरकारी सेवा शुरुआत गरेको छ । कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन लकडाउन भएपछि उपमहानगरपालिकाले घर घरमा नै सो आज विहानदेखि शुरुआत गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी र खाद्यान्न सेवाका लागि छुट्टा छुट्टै सेवा प्रदायकलाई जिम्मा दिइएको छ । उपभोक्ताले विहान माग गरेपछि साँझ उपभोग्य वस्तु घरमै उपलब्ध हुनेछ ।

सेवा प्रवाह गर्दा सेवा प्रदायकले मूल्यसुचि अनिवार्य रुपमा टाँस गर्ने, भीडभाड नहुने गरी सेवा सञ्चालन गर्ने, आवश्यकता भन्दा बढि सामग्री खरिद गर्न नदिने, सुपथ मूल्यमा सामग्री उपलब्ध गराउने र आम नागरिकलै घरमा बसेर कोरोना भाईरस विरुद्ध सहयोग गर्नुपर्ने शर्त रहेको उपप्रमुख थापामगरले बताउनुभयो ।

उपमहानगरपालिकाले सेवा लिन सेवाप्रदायक संस्थाको सम्पर्क नम्बर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

होटलमा क्वारेन्टाइन

नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालित अस्थायी निगरानी कक्ष क्वारेन्टाइनमा रहेका १० जनालाई सुविधा सम्पन्न होटलमा सारिएको छ । उपमहानगरपालिकाले सो क्याम्पसको हाताभित्र सञ्चालन गरेको अस्थायी क्वारेन्टाइन अव्यवस्थित भएपछि होटल सामथ्र्य ईनमा सारिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।उहाँका अनुसार होटलमा हरेकलाई छुट्टाछुट्टै कोठमा राखिने व्यवस्था गरिएको छ । कोरोना भाइरस कोभिड–१९का सम्भावित जोखिममा रहेकालाई सुरक्षित रुपमा निगरानी गर्न क्वारेन्टाइन सफा, वातावरणमैत्री र सम्पूर्ण सुविधायुक्त हुनुपर्ने भएकोले तत्काललाई होटलमा सारिएको जनाइएको छ ।

बाँकेको खजुरा गाउँपालिकाले वडा नं. १ राधापुरस्थित मैटहवा माध्यमिक विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइनमा १ महिलासहित २८ जनालाई राखिएको छ । त्यहाँरहनेलाई खाना तथा इन्टरनेट व्यवस्था सहित सुविधा सम्पन्न बनाइएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com