ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोकर्णेश्वरमा २७ आइसोलेसन श्ययाको व्यवस्था


admin

काठमाडौं, ११ चैत । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट नगरवासीलाई बचाउन २७ आइसोलेसन श्ययाको व्यवस्था गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकमा तयारी अवस्थामा रहेको १५ श्ययाको निजी अस्पताल तीन महीनाका लागि सम्भावित कोरोना प्रभावितको उपचारका लागि भाडामा लिइएको नगर प्रमुख सन्तोष चालिसेले  जानकारी दिनुभयो ।

“नगरपालिकाले भाडामा लिएको अस्पतालमा सुविधा सम्पन्न पाँच सघन उपचार कक्ष, पाँच भ्यान्टिलेटरसहितको कक्ष र पाँच वटा आइसोलेशन श्यया हुन्छ, नेपाल मेडिकल कलेज अत्तरखेलसँगको सहकार्यमा सात र शङ्खरापुर अस्पताल नारायणटारसँगको सहकार्यमा पाँच गरी २७ आइसोलेसन श्ययाको व्यवस्था भएको छ, आवश्यकता भएमा नगर क्षेत्रमा रहेका दुई ठूला अस्पतालको सहकार्यमा बेड थप गरिनेछ”, उहाँले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डा सुवास प्याकुरेलको नेतृत्वमा कोरोना प्रभावितको उपचारका लागि नौ सदस्यीय चिकित्सकको समूह समेत नगरपालिकाले तयारी अवस्थामा राखेको जनाइएको छ । नगरपालिकाले गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रसहित नौ वटा स्वास्थ्य चौकीमा आउने मौसमी बिरामीलगायतको उपचारका लागि बिदाका दिन पनि स्वास्थ्यकर्मी परिचालन गरेको छ ।स्वास्थ्य केन्द्रलाई आवश्यकता अनुसारका सामग्री पनि उपलब्ध गराइएको नगर प्रमुख चालिसेले बताउनुभयो । नगरपालिकाका नौ वटै वडामा साबुन पानीसहित हात धुने व्यवस्था गरिएको छ । यसैगरी थप नौ वटा चोकमा पनि साबुन पानीसहित हात धुने व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, घर, टोल छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि, कर्मचारी लागिपरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com