ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना त्रासले सुनसान बन्दै ‘नयाँ बसपार्क’


admin
चैत्र १०, २०७६ सोमबार  ७ : ५१ बजे

काठमाडौ, १० चैत । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोगँबुस्थित नयाँ बसपार्क सुनसान बन्दै गएको छ । सरकारले विश्वमा फैलिँदै गएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत १० देखि २१ गतेसम्म सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरेसँगै आजदेखि नयाँ बसपार्क सुनसान बनेको हो ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर अधिकांश बस यात्रु बोकेर काठमाडौँ बाहिर गएकाले नयाँ बसपार्क सुनसान बन्दै गएको बताउनुहुन्छ । “नयाँ बसपार्कभित्र रहेका अधिकांश बस आज बिहानसम्म यात्रु बोकेर उपत्यका बाहिरिएका छन्”, उहाँले भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पाँच दिनमा सात लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै अधिकांश व्यक्ति घर फर्कंदा काठमाडौँका सडक सुनसान बन्दै गएको बताउनुहुन्छ । नयाँ बसपार्कमा हाल दैनिक एक हजार ५०० हाराहारीमा सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर पछिल्ला केही दिन नयाँ बसपार्कमा यात्रुको खचाखच भए पनि आजबाट लामो दूरीका सवारी साधन गुड्न छोडेपछि बसपार्क सुनसान बन्दै गएको बताउनुहुन्छ । एकसय ६२ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा हाल एक हजारभन्दा बढी सवारी साधन पार्किङ गर्न मिल्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन–सरकारका प्रवक्ता

यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ

सम्बन्धित

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्षको आपत्ति

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

बालेनको ‘राष्ट्रवादी’ रणनीतिको छायामा रविको दिल्ली दौड !

मादक पदार्थ खाएर सवारी चलाउँदा वैशाखमा १२४ दुर्घटना, १२ जनाको मृत्यु

३ जना सहायक हबलदारसहित ११ प्रहरीलाई सेवाबाट हटाउने चेतावनी (सूचनासहित)

आज हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षाको सम्भावना, तराईमा तातो हावा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com