
काठमाडौं, १० चैत । यहाँबाट प्रकाशित हुने पत्र–पत्रिका बन्द गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आव्हान गरेको छ । महासंघका अध्यक्ष विष्णु अवस्थीले आज प्रेस विज्ञप्ती जारी गरेर कोरोना भाइरसको महामारीबाट बच्न सो आव्हान गरेको हो ।
पत्रिका प्रकाशनमा कागजको अभाव, छापाखानाका कामदारसमेत क्वारेण्टाइनमा बस्नुपर्ने भएकाले महामारीको प्रभाव नरोकिँदासम्म पत्रपत्रिका बन्द गर्न आव्हान गरिएको हो । पत्रपत्रिकाको काम बन्द गरी घरमै क्वारेण्टाइनमा रहन र घरबाटै सामाजिक सञ्जाल तथा अनलाइनमार्फत समाचार सम्प्रेषण गर्न अध्यक्ष अवस्थीले सबै पत्रकारलाई अनुरोध गर्नुभएको छ ।“माइक्रोफोनमा बोल्दाखेरी थुकका छिटा माइक्रोफोनमा पर्ने र सोही माइक्रोफोन आफुतिर फर्काएर बोल्दा अन्तर्वाता लिने सञ्चारकर्मी पनि जोखिममा पर्नसक्ने भएकाले भिडभाड नगरी टेलिफोनबाटै सूचना लिएर समाचार सम्प्रेषण गर्न रेडियोकर्मी लगायतका पत्रकारलाई अनुरोध गर्दछु”, विज्ञप्तीमा भनिएको छ ।
बतासे झर्ना जान निषेध
शुक्लाफाँटा नगरपालिका क्षेत्र भित्र रहेको पर्यटकीय क्षेत्र बतासे झर्ना जान निषेध गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यजनर गर्दै आजदेखि सो पर्यटकीय क्षेत्रमा जान निषेध गरिएको हो ।
जिल्लाका मुख्य बजारहरु बन्द गरिएपछि परिवारसहित बतासे झर्ना पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेपछि सम्भावित संक्रमण रोक्न उक्त क्षेत्र जान निषेध गरिएको वडा अध्यक्ष बहादुर महराले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्