ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ : दाङका भारतसँग सिमाना जोडिएका २६ नाका बन्द


admin

काठमाडौं, १० चैत । कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि दाङसँग सिमाना जोडिएका २६ नाका अनिश्चतकालका लागि पूर्णरूपमा बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिएको जानकारीअनुसार कोरोना सङ्क्रमण फैलिन नदिनका लागि दुई देशका अधिकारीबीच सहमति भएर दुवैतर्फको नाका आइतबारदेखि पूर्णरूपमा बन्द गरिएको हो ।

बन्द गरिएका नाकामा कोइलावास, पटौली, सुनपथरी, भौवा, खाङ्ग्रा, डगमारा, गुरुङ, भैसाही सिरिया, भौरिसाल, मुन्सीलगायतका ठूला–साना गरी २६ नाका छन् । स्थिति सहज नहुँदासम्म ती नाका पूर्णरूपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । नाका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी निगरानी बढाइरहेका छन् । यसअघि कोइलावास नाकामा भने जनस्वाथ्य कार्यालयले हेल्थ डेस्क स्थापना गरी भारतबाट नेपाल आउनेको स्वास्थ्य परीक्षण गर्दै आएको थियो । यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ ले कोभिड–१९ को सङ्क्रमणबाट बचाउनका लागि भन्दै वडावासीलाई निःशुल्क रुपमा कपडाको मास्क वितरण गरेको छ । तुलसीपुर बजारमा रहेको वडा कार्यालयबाट दुई हजार मास्क वितरण गरेको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो । वडा नं ५ तुलसीपुर बजारको मुख्य क्षेत्रमा पर्ने भएकाले यहाँ बढी भीडभाड हुने भएकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सतर्कताका लागि आज पहिलो चरणमा दुई हजार मास्क वितरण गरिएको हो ।

यसैबीच तुलसीपुर बजारसहित दाङका बजारमा स्यानिटाइजर र सर्जिकल मास्क भने अभाव छ । यहाँका स्वास्थ्य संस्थामा काम गर्नेदेखि सबैले कपडाका माक्स लगाएर काम गर्दै आएका छन् । सर्वसाधारण स्यानिटाइजर किन्नका लागि यहाँका विभिन्न औषधि पसल तथा अन्य पसलहरुमा जान्छन् तर नपाएर रित्तै फर्कने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com