ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौलिक हकसम्बन्धी चार नियमावली राजपत्रमा


admin

काठमाडौं, ६ चैत । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले मौलिक हक कार्यान्वयनका लागि नियमावली निर्माणलाई तीव्रता दिनुभएको छ । नियमावली नबन्दा मौलिक हक कार्यान्वयन नभएको गुनासो बढेपछि मन्त्री तुम्बाहाङ्फेले कानूनसहित सम्बन्धित मन्त्रालयका सचिवलाई बोलाएर नियमावली निर्माणलाई तीव्रता दिन ताकेता गर्नुभएको हो । मौलिक हकसम्बन्धी ऐनअन्तर्गत बनाउनुपर्ने १६ मध्ये चार नियमावली नेपाल राजपत्रमा प्रकाशन भएका छन् ।

रोजगारीको हकसम्बन्धी, भूमिसम्बन्धी सत्रौँ संशोधन, उपभोक्तासम्बन्धी र सामाजिक सुरक्षा नियमावली राजपत्रमा प्रकाशन भएको छ । बालबालिकासम्बन्धी र वातावरण संरक्षणसम्बन्धित ऐनअन्तर्गतका नियमावलीको काम सम्पन्न भए पनि राजपत्रमा प्रकाशन गर्न बाँकी छ । अपाङ्गताको अधिकारसम्बन्धी पहिलो संशोधन नियमावली मन्त्रिपरिषद्मा पेश भएको छ ।

मौलिक हक कार्यान्वयनका ऐन बनाएको मन्त्रालयले ऐनअनुसार काम गर्नका लागि नियमावली बनाउन थालेको हो । संविधान जारी भएको तीन वर्षभित्र मौलिक हक कार्यान्वयनका लागि ३१ मध्ये १६ मौलिक हकसम्बन्धी ऐन सरकारले बनाएको छ ।

जनस्वास्थ्य, सुरक्षित मातृत्व, आवास र खाद्य अधिकार तथा खाद्य सम्प्रभूता तथा व्यक्तिको गोपनीयता र अनिवार्य गोपनीयतासम्बन्धी ऐनको नियमावली निर्माण बाँकी छ । जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक सुरक्षा तेस्रो संशोधन ऐनको नियमावली भने आवश्यक नरहेको कानून मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com