दाङको तुलसीपुरमा बसबाट झर्ने क्रममा आफू चढेकै बसले च्यापिएर एक महिलाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका १४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना४ख ५४६३ नम्बरको यात्रुबहाक बसले च्यापेर तुलसीपुर १४ भोजपुर निवासी ५५ वर्षीय सुशीला वली घाइते भएकी थिइन्। दुर्घटनामा घाइते उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले बताउनुभयो ।
बसमा सवार उनी आफैँ बस पूरै नरोकिँदै झर्दा उनलाई बसले च्यापेको प्रहरी निरीक्षक पालले बताउनुभयो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्