ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रम : तनहुँका स्थानीय तहलाई डेढ करोड बजेट


admin

काठमाडौं १ चैत । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा तनहुँ जिल्लालाई रु डेढ करोड बजेट प्राप्त भएको छ । सरकारले गत आर्थिक वर्षदेखि शुरु गरेको कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहले रु एक करोड ४९ लाख बजेट प्राप्त गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सशर्त अनुदानवापतको उक्त रकम स्थानीय तहमा पठाइसकेको छ । जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकाले अनुदानवापतको बजेट पाएका छन् भने घिरिङ गाउँपालिकाले बजेट प्राप्त गरेको छैन । मन्त्रालयका अनुसार बेरोजगारको सङ्ख्या र प्राथमिकतामा परेको आयोजनाको सूची नपठाएका कारण घिरिङलाई बजेट पठाएको छैन ।

कार्यक्रम सञ्चालनका लागि व्यास नगरपालिकालाई रु २८ लाख ४३ हजार, भानु नगरपालिकालाई रु २५ लाख ३२ हजार, शुक्लागण्डकी नगरपालिकालाई रु १८ लाख ८९ हजार र भीमाद नगरपालिकालाई रु ११ लाख ७९ हजार विनियोजन गरिएको छ । आँबुखैरेनी गाउँपालिकालाई रु २० लाख पाँच हजार, बन्दीपुर गाउँपालिकालाई रु १४ लाख ६० हजार, ऋषिङ गाउँपालिकालाई रु १० लाख, म्याग्दे गाउँपालिकालाई रु १० लाख र देवघाट गाउँपालिकालाई रु १० लाख विनियोजन भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चैतबाट बेरोजगार सूचीमा सूचीकृत भएकालाई रोजगार दिइने बन्दीपुर गाउँपालिका रोजगार सेवा केन्द्रका संयोजक शरणसिंह गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहले माग गरेको योजनाबमोजिम बजेट विनियोजित गरी पठाएको छ । “कार्यक्रमका लागि कुन–कुन आयोजनामा रकम खर्च गर्ने भन्नेबारे गाउँपालिकाको कार्यपालिकाको बैठकले टुङ्गो लगाउनेछ”, गुरुङले भन्नुभयो । गत आर्थिक वर्षमा बेरोजगार सूचीमा सूचीकृत भएकाको तथ्याङ्क रुजु गर्ने काम भइरहेको बताउँदै गुरुङले गत वर्ष सूचीकृत भएकालाई नै चालु आवमा रोजगारी दिइने जानकारी दिनुभयो । “वैदेशिक रोजगारमा जान नसकेका, सीप भएका तर काम नपाएका बेरोजगारलाई न्यूनतम रोजगारी प्रदान गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि तथ्याङ्क रुजु गर्ने काम भइरहेको छ ।” उहाँका अनुसार आगामी आव २०७७÷७८ मा कार्यक्रम सञ्चालनका लागि भने चैतमा आवेदन आह्वान गरिनेछ । जिल्लामा छ हजार बढी बेरोजगार सुचीकृत छन् ।

आँबुखैरेनी गाउँपालिकाले भने आगामी आव २०७७/७८ मा सञ्चालन गरिने रोजगार कार्यक्रमका लागि न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिन आग्रह गरेको छ । स्थानीय तहमातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक १८ देखि ५९ वर्ष उमेरका बेरोजगार व्यक्तिलाई चैतभित्र बेरोजगार व्यक्तिको रुपमा सूचीकृत हुन आह्वान गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।

“गत वर्ष सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम आँबुखैरेनीमा प्रभावकारी बन्यो”, न्यौपानेले भन्नुभयो, “यस वर्ष पनि गाउँपालिकामा हुने विकास निर्माणका काममा बेरोजगार व्यक्तिलाई रोजगारी दिन्छौँ ।” यस्तै ऋषिङ र म्याग्दे गाउँपालिकाले पनि आगामी आवमा न्यूनतम रोजगारमा संलग्न भई विकास निर्माणका काम गर्न बेरोजगारको सूचीमा सूचीकृत हुन आह्वान गरेको छ । गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरवास निर्माणलगायतका काम गरिएका थिए ।

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम १०० दिनको रोजगारी पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि १०० दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यसअनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्ष उमेर समूहकाले फारम भरेका थिए । लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम कामसमेत नपाएका व्यक्तिलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउनेछ । परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दाबी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com