ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा, इटलीमा एकै दिन २५० को मृत्यु


admin
चैत्र १, २०७६ शनिबार  ८ : ३८ बजे

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गरी संकटकालको घोषणा गर्नुभएको हो । संकटकाल घोषणापछि अब ट्रम्पले ५० बिलियन अमेरिकी डलरको प्रकोप राहत कोष कोरोनासँग जुघ्न प्रयोग गर्नुहुनेछ । ट्रम्पले कोरोना संक्रमणबिरुद्ध लड्न ५० बिलियन डलरको कोष परिचालन गर्ने घोषणा गर्नुभएको छ ।

अमेरिकामा अहिलेसम्म २ हजार ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गएराति मात्रै ३ सय ३३ जनामा नयाँ संक्रमण पुष्टी भएको छ । ट्रम्पले आउँदो हप्ता अमेरिकाका लागि निकै महत्वपूर्ण रहेको बताउंदै कोरोना भाइरस फैलिनबाट रोक्न डटेर सामना गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गर्नुभएको छ । अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि उहाँले सुझाव दिनुभएको छ ।

अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ ।

युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको इपिसेन्टर चीनबाट युरोपेली देशमा सरेको जनाएको छ । संगठनले गए राति गरेको नियमित पत्रकार सम्मेलनमा कोभिड १९ का कारण चीनमा नियन्त्रण हुँदै गएपनि यूरोपसहित बाँकी विश्वमा भाइरसको महामारी गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन–सरकारका प्रवक्ता

यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ

सम्बन्धित

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

चीनले भारतलाई भन्यो– दलाई लामाको उत्तराधिकारी मामिलाबाट टाढै बस्नू

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्षको आपत्ति

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

बालेनको ‘राष्ट्रवादी’ रणनीतिको छायामा रविको दिल्ली दौड !

इरान-अमेरिका शान्ति वार्ताको संकेतसँगै विश्व बजारमा तेलको मूल्यमा गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com