ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलविद्युत् आयोजना र प्रसारण लाइनमा समस्या देखिएपछि….


admin
फाल्गुन २७, २०७६ मंगलबार  ६ : ३० बजे

काठमाडौं, २७ फागुन । जलविद्युत् र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गुर्नुभएको छ । गत शनिबार त्रिशूली करिडोरका आयोजनाको अवस्था हेरेर समस्या समाधानको पहल लिनुभएका घिसिङले अघिल्लो साता माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गति र मतिको बारेमा जानकारी लिनुभएको थियो । सोमबार घिसिङ फागुपूर्णिमाको बिदाको दिन अर्को महत्वपूर्ण आयोजनाको स्थलगत निरीक्षणका लागि कालीगण्डकी करिडोर पुग्नुभयो ।

सो करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड आगामी वैशाखभित्रमा सञ्चालनमा आउने तयारी भइरहेको सन्दर्भमा उहाँ आयोजनास्थल पुग्नुभएको हो । कूल ३९ किलोमिटर दाना–कुश्मा २२० केभी प्रसारण लाइन तथा दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सवस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।प्रसारण लाइन र सवस्टेसन आगामी वैशाखभित्र चार्ज गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दाना–कुश्मा खण्डमा पर्ने १० टावरमध्ये दुई मात्रै खडा गर्न बाँकी छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयवासीको अवरोधले दुई टावर खडा गर्न रोकिएको काम सहमति जुटेपछि धमाधम भइरहेको प्राधिकरणले जनाएको छ । पोखरीबगर र कुुश्मा नगरपालिकाको पाँगामा गरी करिब दुई किलोमिटर मात्रै तार टाँग्न बाँकी छ । दुवै सवस्टेसनमा उपकरण जडान भइसकेका छन् ।

सोही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको विद्युत् दाना सवस्टेसनमा जोडिने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालसहितको टोलीले सोमबार प्रसारण लाइन, सवस्टेसन र जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको प्राधिकरणले जनाएको छ ।

टोलीले प्रसारण लाइन निर्माणमा पोखरीबगर र कुश्मामा हुनसक्ने सम्भावित अवरोध हटाउन आवश्यक व्यवस्था गरिदिन म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारीलाई अनुरोधसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय महत्वको आयोजनाको टावर रहने जग्गाको मुआब्जा, लाइनको दायाँबायाँको क्षतिपूर्ति निर्धारण र निर्माण सम्पन्न गर्न आवश्यक परेमा सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । टोलीले निर्माणमा खटिएका आयोजना व्यवस्थापन र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग छलफल गरी निर्माणमा देखिएका समस्याका बारेमा छलफल गरेको छ । यस्तै, सवस्टेसन तथा लाइन चार्ज गर्ने मितिलगायतका विषयमा छलफल गरी वैशाखभित्रमा काम सक्न निर्देशन दिएको हो । “प्रसारण लाइन र सवस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने मिस्त्री खोलाको विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, त्यस्तो अवस्था आउन नदिन सबै पक्ष गम्भीर र जिम्मेवार भएर बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छौँ”, घिसिङले भन्नुभयो ।

जतिसक्दो काम छिटो सम्पन्न गर्नुपर्ने र विद्युत् खेर फालेर हर्जना तिर्नुपर्ने अवस्था आएमा यसको मूल्य ठेकेदार कम्पनीले तिर्नुपर्ने घिसिङको भनाइ छ । “केही ठाउँमा निर्माणमा भइरहेको अवरोध हटाएर काम गर्न साइट उपलब्ध उराउँछौं, ठेकेदार कम्पनी निर्माणमा गम्भीर भएर लाग्नुपर्छ”, घिसिङले भन्नुभयो । ठेकेदार कम्पनीले वैशाखभित्रमा लाइन तथा सवस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ ।मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा केही उपकरणको जडान, संरचना र उपकरणको ड्राइ तथा वेट टेष्ट बाँकी नै रहेकाले अझै विद्युत् उत्पादन गर्न कम्तीमा पनि दुई महिना लाग्ने छ । उहाँले उक्तः समयसम्म प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आइसक्ने बताउनुभयो । अब प्रसारण लाइन पूर्वाधार तयार भइसकेकाले त्यहाँ विद्युत् जडान गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनाहरुले पनि निर्माण तत्काल शुरु गर्नुपर्नेछ ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही ९न्यू बुटवल सवस्टेसन०सम्मको प्रसारण लाइनको निर्माण जारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com