ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा अन्तराष्ट्रिय स्तरको लन टेनिस कोर्ट संचालनमा


sharan sharan
फाल्गुन ५, २०७६ सोमबार  ३ : ४७ बजे

बुटवल, ५ फागुन ।
बुटवलमा सुबिधा सम्पन्न लन टेनिस कोर्ट बनेपछि लन टेनिसका खेलाडिहरुलाई सहज वाताबरण सनर्माण भएको छ । अन्तराष्ट्रिय मापदण्डको टेनिसकोर्टको प्रयोग गर्दै बुटवलमा आज बाट तेस्रो संस्करणको खुल्ला लन टेनिस प्रतियोगिता सुरु भएको छ ।
रुपन्देही लन टेनिस संघको आयोजनामा सुरुभएको प्रतियोगिताको पूर्वमन्त्री एवं रुपन्देही १ का संघिय संसदका सदस्य छविलाल विश्वकर्माले उदघाटन गर्नुभयो । उदघाटन समारोहलाई सम्बोधन गर्दै सांसद विश्वकर्माले बुटवलमा लन टेनिस खेलका लागि स्तरीय पूर्वाधार बनेकाले राष्ट्रिय र अन्तराष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने सहज हुने बताउनु भयो । उहांले संघलाई बुटवलमा अन्तरराष्ट्रिय प्रतियोगिता संचालन गर्ने तर्फ सोच्न सुझाब दिदै आफले खेललाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
प्रतियोगितामा काठमाडौं, कास्की र रुपन्देहीका एक सय बढी खेलाडीले विभिन्न ८ इभेन्टमा प्रस्तिपर्धा गर्ने रुपन्देही लन टेनिस संघका अध्यक्ष संजय श्रेष्ठले जानकारी दिनुभयो ।
संघका सचिव गोपाल ज्ञवालीका अनुसार प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुषतर्फ ३५ वर्षमाथि,४५ वर्षमाथि र ५५ वर्ष माथिको उमेर समूहमा प्रतिस्पर्धा हुने छ । पुरुष एकल र महिला एकलतर्फ प्रथम हुनेलाई ५५ हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई नगद १० हजार पुरस्कार रहेको छ सचिव ज्ञवालीले बताउनु भयो ।
प्रतियोगिताको प्रतिनिभि सभा सदस्य छबिलाल विश्वकर्माले मुख्य रेफ्री सुर्यभुषण बज्राचार्यलाई बल हस्तान्तर गरि खेल शुभारम्भ गरेका थिए । सो अवसरमा देविनगरमा टेनिस कोर्ट कम्प्लेक्स बनाउन महत्वपूर्ण योगदान गरेका खेलप्रेमीहरु योग गुरुङ र केशब थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उद्घाटन खेलमा मेन्स सिगलतर्फको खेलमा काठमाण्डौका निशान श्रेष्ठले बुटवलका भिष्म काउचालाई २–१ को सेटमा पराजित गरेका छन । पहिलो सेट भिष्मले ६–७ अंकले जित्दै अग्रता लिएका थिए तर दोस्रो सेटमा निशान खेलमा फर्किए । निशानले दोस्रो सेट ६–१ अंक जित निकाल्दै खेल बराबरी ल्याए । निर्णायक अन्तिम सेटमा निशानले खेल ६–० को अंकले आफनो पक्षमा पार्दै २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि सोमबार भएको मेन्स सिगलमा सन्तोष खत्रीले समिर क्षेत्रीलाई ६–१, ६–१ को सेट, नबिन मगरले निरज गुरुङलाई ६–१, ३–६, ६–३ अंक, विकास खड्काले दिपक अर्याललाई ६–१, ६–२ को अंक तथा एक खेलमा वाक ओभर पाएर संयकविक्रम बज्राचार्य क्वाटरफाईनलमा प्रवेश गरेका छन ।
मेन्स ३५ वर्ष उमेर समुहको खेलमा राजन पौडेलले सोम रानालाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेको हो । ३५ वर्ष उमेर समुहकै रामु बिकले शेषमणी चौधरीलाई ६–०, ६–१ को सेटमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । गोपाल ज्ञवालीले असोक गुरुङलाई २–१ को सेटमा जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन । बुटवलका सन्जय प्रसाद श्रेष्ठले बुटवलका अन्जय बानियालाई ६–३, ६–२ तथा अर्जुन गुरुङले विशेष अमात्यलाई ६–१, ६–२ को सोझो सेटमा जित निकालेका छन भने सबिर मिया वाक ओभर पाएर दोस्रो चरणमा प्रवेश गरेका छन । मंगलबार मेन्स सिगल, मेन्स डबल्स, भेट्रान्स गरि २५ वटा खेलहरु हुने छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com