ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद उपाध्यायको निधनले अपूरणीय क्षति– सभापति देउवा


admin
फाल्गुन ५, २०७६ सोमबार  २ : ५४ बजे

काठमाडौं, ५ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

काँग्रेस संसदीय दलले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले स्व उपाध्याय गाउँमै जनतासँग काम गर्न रुचाउने नेता भएको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । राष्ट्रवादी र प्रजातन्त्रवादी छविका नेता उपाध्यायले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पु¥याउनुभएको सभापति देउवाले उल्लेख गर्नुभयो । श्रद्धाञ्जलिसभामा काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले उपाध्यायको निधनले मर्माहित तुल्याएको बताउँदै राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानका कारण उहाँको सधैँ चर्चा हुने उल्लेख गर्नुभयो । पार्टीका कोषाध्यक्ष सीतादेवी यादवले अल्पायुमै निधन हुनुभएका उपाध्यायले आफ्नो जीवनकालमा गर्नुभएको राजनीतिक र सामाजिक योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले स्व उपाध्याय केन्द्रमा भन्दा जिल्लामै जनताका विकास निर्माणका काममा व्यस्त रहँदै आउनुभएको उल्लेख गर्दै तराई क्षेत्रमा ठूलो प्रभाव भएका नेता काँग्रेसले गुमाउँदा पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभयो ।काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रजातान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा ठूलो योगदान गर्नुभएका होनाहार नेता पार्टीले गुमाएको उल्लेख गर्दै उपाध्यायले प्रतिकूल अवस्थामा पनि जिल्ला मै बसेर पार्टी सङ्गठनका लागि गरेको योगदान स्मरण गर्नुभयो । सार्वजनिक लेखा समितिका सभापति एवं काँग्रेस नेता भरत शाहले मधेशको खम्बा, जुझारु पार्टीका नेता गुमाउनुपर्दा मर्माहत भएको बताउनुभयो ।

क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा गृहजिल्ला रुपन्देहीमा यही फागुन २ गते निधन भएको थियो । विसं २०२६ मा जन्मनु भएका उपाध्याय विसं २०४६ सालका जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आउनुभएको थियो । विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो भने उपाध्याय काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशन कार्यकाल क्षेत्रीय सभापतिसमेत हुनुहुन्थ्यो । विसं २०७४ मा उहाँ काँग्रेसका तर्फबाट प्रदेश नं। ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । सामाजिक क्षेत्रमा समेत योगदान गर्नुभएको उहाँ हाल लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य तथा विभिन्न समाजिक सङ्घसंस्थामा संलग्न रहँदै आउनुभएको थियो । श्रद्धाञ्जलिसभाले उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com