ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“प्रविधि र सुशासनलाई जोड दिँदै सिकाइ केन्द्रित रुपान्तरण अबको आवश्यकता हो–, प्रविधिमन्त्री पोखेल


admin

काठमाडौं, ५ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेलले शिक्षा क्षेत्रमा सिकाइ केन्द्रित रुपान्तरण गर्नु अबको आवश्यकता भएको बताउनुभएको छ ।

शिक्षा पत्रकार समूहले आफ्नो २० औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको मौलिक हकमा शिक्षा विषय समावेश, नयाँ शिक्षा नीति जारी र नयाँ कानूनको निर्माण हुनुले शैक्षिक रुपान्तरणको बाटो तय गरेकाले अब स्थानीय तह र शिक्षक तथा समुदायले सक्रिय जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधि र सुशासनलाई जोड दिँदै सिकाइ केन्द्रित रुपान्तरण अबको आवश्यकता हो, शिक्षाले दिनुपर्ने ज्ञान, सीप र चरित्र निर्माणका लागि अभिभावकहरुले पनि आफ्नो तर्फबाट रुपान्तरणका लागि हस्तक्षेप गर्न आवश्यक छ, गुणस्तरका नाममा अङ्ग्रेजी भाषा सिकाउ तर नेपाली बिगार्न पाइँदैन ।”

उहाँले शिक्षाका सबै मुद्दा पत्रकारिताका माध्यमबाट उजागर भएको जनाउँदै शिक्षामा पछिल्लो समयमा भएका शिक्षाका ठूलाठूला परिवर्तनलाई स्थान दिन आग्रह गर्नुभयो । मन्त्री पोखरेलले विद्यालय शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा तथा उच्चशिक्षासम्बन्धी अलगअलग सङ्घीय शिक्षा ऐन ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षासहित शिक्षामा २५ वर्षे दीर्घकालीन सुधारको खाका तयार गरिएको जनाउनुभयो । शिक्षाविद् केदारभक्त माथेमाले शिक्षामा समुदायको अपनत्व स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । अर्का शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षक र विद्यार्थी दलीय आधारमा नभई रुपान्तरणका लागि स्पष्ट भएर जागरुक हुनुपर्ने बताउनुभयो ।

शिक्षाकर्मी र शिक्षा पत्रकार सम्मानित

कार्यक्रममा सार्वजनिक शिक्षाको रुपान्तरणमा सक्रिय शिक्षाकर्मी र शिक्षा पत्रकारलाई सम्मानित र पुरस्कृत गरिएको थियो । समूहले काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा जानुका पौडेल नेपाल, बाँकेको सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारु र रुपन्देहीस्थित कान्तिपुर दैनिकका समाचारदाता अमृता अनमोललाई सम्मान गरेको छ ।पौडेल र थारुलाई उहाँहरुले शिक्षा क्षेत्रमा दिनुभएको योगदानका लागि सम्मान तथा पत्रकार अनमोललाई रु २५ हजार राशिको तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरियो । समूहका तत्कालीन कार्यसमिति सदस्य भुसालको तीन वर्षअघि नवलपरासीको सवारी दुर्घटनामा निधन भएको थियो ।

सम्मानित व्यक्तित्व नेपालले आफू कार्यरत विद्यालयमा प्रधानाध्यापक हुँदा पूर्वाधार अभाव र सय जना मात्र विद्यार्थी रहेकामा हाल उचित वातावरण निर्माणसहित विद्यार्थी सङ्ख्या र गुणस्तर वृद्धि भएको बताउनुभयो । कार्यक्रममा समूहले प्रकाशन गरेको ʻविद्यालयमा माध्यमभाषा′ नामक पुस्तकको विमोचन गरिएको थियो । समूहका अध्यक्ष रोश्ना सुब्बाका अनुसार जारी अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com