
काठमाडौं, ४ फागुन । वर्षौं देखि सरकारी जग्गा हडपेर ब्यक्तिले प्रयोग गरिरहेको जमिनमा मन्त्रीले बोर्ड स्थापित गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकामा व्यक्तिले हडपेको सरकारी जग्गामा भूमीसुधार मन्त्री पद्मा अर्यालले साइनवोर्ड राखेर सरकारको मातहत ल्याएको संकेत गरिसकेको छ । महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको १७ रोपनी जग्गा सरकारले आफ्नो माताहत ल्याएको हो । मन्त्री अर्यालले यो सरकारी जमिन हो लेखेको वोर्ड गाड्नुभएको हो । उक्त जग्गामा आइतबार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाडेर सरकार मातहत ल्याउनुभएको छ । बोर्ड राख्दै मन्त्री अर्यालले व्यक्तिको जग्गा सरकार मातहत ल्याउने कामको थालनीमात्र भएको बताउनुभयो । ।सरकारले आफु मातहत ल्याएर बोर्ड राख्ने क्रममा केही स्थानीयले विरोध समेत गरेका थिए ।
स्थानीय बसन्तबहादुर खड्काले उक्त जग्गा आफ्नो नाममा भएको भन्दै लालपूर्जाको प्रतिलिपि समेत मन्त्री अर्याललाई देखाएका थिए । मन्त्री अर्यालले पनि नेपाल सरकारको नाममा भएको प्रमाणको फाइल देखाएर सरकारी जग्गा कसैले आफ्नो भनेर नहुने जवाफ दिनुभयो । मन्त्री अर्यालले काठमाडौंको वडा नम्बर १० र २६ मा समेत त्यस्तो जग्गा रहेको जानकारी दिनुभयो । उहांले आइतबार नै त्यस ठाउँमा समेत सरकारी जग्गा हो भनेर बोर्ड राखिने बताउनुभयो








प्रतिक्रिया दिनुहोस्