ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्कारयुक्त राजनीतिबाट मात्र परिवर्तन सम्भव– अध्यक्ष तिमल्सीना


admin
फाल्गुन ३, २०७६ शनिबार  ४ : ५३ बजे

काठमाडौं, ३ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सीनाले संस्कारयुक्त राजनीतिबाट मात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ ।

नेपाली विद्यार्थीलाई छात्रबृत्ति दिन नेपालस्थित पाकिस्तानी दूतावासले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सनाले परिवर्तन संस्थागत गर्न सबै राजनीतिक दल एक हुनु पर्ने बताउनुभएको हो । अध्यक्ष तिम्सिनाले शैक्षिक चेतनाबाट मात्र विकास सम्भव हुने भन्दै गुणस्तरिय र व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएको औल्याउनुभयो । उहाले पाकिस्तान सरकारबाट नेपालका ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासकालागि प्रदान गरिएको छात्रवृत्तिले शैक्षिक क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जावेदले शिक्षाबाट वन्चित बालबालिकाको शैक्षिक जागरणको लागि पाकिस्तान सरकारले निरन्तर सहयोग गरेको बताउनुभयो ।

उहांले आगामी वर्षदेखि छात्रबृत्तिको संख्यालाई दोब्बर बनाउने जानकारी दिनुभयो । नेपाल पाकिस्तान सांस्कृतिक संम्बन्ध परिषदका अध्यक्ष हिमालय शम्शेर जबराले छात्रबृत्तिलाई ग्रामीणमुखी बनाउन सुझाव दिनुभयो । पाकिस्तानले नेपालका विभिन्न दूर्गम क्षेत्रका विद्यालयका ५ सय विद्यार्थीलाई विगत आठ वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com