ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रका लागि आन्दोलन गर्नु र लोकतन्त्रमा आन्दोलन गर्नु फरक कुरा हो– प्रधानमन्त्री


admin

काठमाडौं ३ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र नेपाल परेको बताउनुभयो । “मुलुकले तीव्ररूपमा विकास गरिरहको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश तीव्र आर्थिक विकास हासिल गरेका १० मुलुकभित्र परेको छ, लगातार तीन ६.५ आथिक वृद्धिदर छ, कूल आम्दानी १८ प्रतिशतभन्दा माथि छ ।”

प्रधानमन्त्री ओलीले गरीबी निवारण १.५ प्रतिशतले घटेको जानकारी दिँदै अहिले १६.५ प्र्रतिशत गरीबीमा झरेको बताउनुभयो । उहाँले प्रदेशको आर्थिक विकास समान खालको भएको जानकारी गराउनुभयो । “सामाजिक सुरक्षा कार्यक्रम गरीबी घटाउन सहयोग पुगेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “समग्रमा आर्थिक विकास नै बढेको छ, श्रम बजारमा प्रवेश गरेकाले रोजगार पाएको अवस्था छ ।” उहाँले श्रम बजारमा नयाँ रोजगारीमा आएका बेरोजगार हुुनुपर्ने अवस्था नआएको स्पष्ट पार्नुभयो ।

श्रम बजारमा थपिएका अधिकांशलाई रोजगारीमा सम्बोधन भए पनि केही सीप र दक्षताको कमी, जीवनोपयोगी शिक्षा बन्न नसकेको हुँदा केही जटिलता भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले बलियो जगमा उभिएको सरकारले अल्पकालीन र दीर्घकालीन विकास आरोहण वर्षका रुपमा यो वर्षलाई लिएर ७६१ वटा सरकार सञ्चालन भइरहेको बताउनुभयो ।सबै सरकारका लागि कर्मचारी प्रवद्र्धन र जनताको आकाङ्क्षा रहेको तीव्र विकास सङ्घीयता कार्यान्वयन भइसकेको नयाँ प्रणालीसँगै आएको चुनौतीसँगै काममा प्रष्टता आएको जानकारी गराउँदै कानूनहरु निर्माण भएर मौलिक हक कार्यान्वयनमा सुनाउनुभयो । हरेक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउन सरकार लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कम्युनिष्टको सरकार बन्यो भनेर हाँस्न त के रुन पनि पाइँदैन भन्ने गत वर्ष हल्ला चलेको थियो तर वास्तविकता त्यस्तो थिएन, लोकतन्त्र सङ्कटमा परेको अधिनायकवाद आउन लागेको कुरा होइन ।” नेपालको संविधान जारी गरेर नयाँ व्यवस्थाका साथ सरकार अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तीन दशकअघिको जस्तो निधेष गर्नुपर्ने शासन प्रणाली अहिलेको शासन प्रणाली नभएको स्पष्ट पार्नुभयो ।

“लोकतन्त्रका लागि आन्दोलन गर्नु र लोकतन्त्रमा आन्दोलन गर्नु फरक कुरा हो, हामीले आन्दोलनमा भेद छुट्याउन सक्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । राजनीतिक आन्दोलन सकिएको हुनाले राष्ट्रिय आकाङ्क्षाका पूरा गर्न सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभिभारा अघि बढिरहेको छ । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com