ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार निष्ठापूर्वक काम गर्न प्रतिबद्ध छ– प्रधानमन्त्री ओली


admin
फाल्गुन ३, २०७६ शनिबार  १ : ४१ बजे

 

काठमाडौं ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उहाँले जनताले सुम्पेको विश्वास र भरोसाको नासोका रुपमा सार्वभौम जनताको आकाङ्क्षाअनुरुप निर्धारित राष्ट्रिय लक्ष्य हासिल गर्न एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले हालसम्म ५५ नयाँ कानून बनेको, २०१ ऐन संशोधन र १३ ऐन खारेज भई मौलिक हक कार्यान्वयनसँगै लोकतन्त्र सुदृढ हुँदै गएको धारणा व्यक्त गर्नुभयो । उहाँले पूर्वपश्चिम राजमार्गको चारदेखि छ लेन बढाउने, पुष्पलाल राजमार्ग छिटो बनाउने साथै राष्ट्रिय गौरवका आयोजना, माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी यही वर्ष पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले नेपाल–भारतबीचको सीमा विवादका विषयमा संवादका माध्यमबाट समस्या समाधान गरी अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले मित्रराष्ट्र चीनमा देखापरेको कोरोना भाइरसका कारणले नेपालमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै उक्त भाइरस फैलिन नदिनका लागि चीन सरकारले गरेको प्रयासको प्रशंसा गर्नुभयो । साथै, चीनबाट विद्यार्थी ल्याउनका लागि सरकार गम्भीर भएर लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्षको आपत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com