सरकार बनेपछि दैनिक छ किमी बाटो कालोपत्र भएको छ– प्रधानमन्त्री ओली



काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हँुदै आएको बताउनुभएको छ । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उहाँले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस अवधिमा १२५ तुइन विस्थापन भइसकेका छन्, भूकम्पले क्षतिग्रस्त तातोपानी जोड्ने सडक निर्माण भई आयात–निर्यात सञ्चालन भएको छ । कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ ।”

    Comment Here!


सम्बन्धित समाचार

View All