ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३२ जिल्लामा मध्य रातिबाट मौन अवधी सुरु


admin

काठमाण्डौं, ८ मंसिर । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मध्य रातिबाट मौन अवधी सुरु भएको छ ।

मौन अवधिमा निर्वाचन नसकिसम्म राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार गर्न र संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनावको प्रचारप्रसार गर्न पाइने छैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । पहिलो चरणको चुनावको मौन अवधि लागू भइरह“दा दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने ४५ जिल्लामा भने चुनावी प्रचारप्रसार गर्न पाइनेछ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता लाग्ने छ । हिजोदेखि मतदान केन्द्रको व्यवस्थापनको काम सुरु हुने प्रवक्ता ढकालले जानकारी दिनुभयो । पहिलो चरणको निर्वाचनका लागि झण्डै ४५ हजार कर्मचारी र ८० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको आयोगले जनाएको छ । चुनावका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेरामा सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते मतदान हु“दैछ । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि हुने पहिलो चरणको चुनावमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाता रहेको निर्वाचन अयोगले जनाएको छ ।

आउँदो आइतबार मतदान हुने ३२ जिल्लाका शैक्षिक संस्था हिजोदेखि बन्द भएका छन् । चुनावका लागि जिल्लाका सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस हिजोदेखि ४ दिन बन्द रहने सरकारले जनाएको छ । दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा आउ“दो १८ देखि २१ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com