ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालु वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकार


admin
माघ २९, २०७६ बुधबार  ३ : ५२ बजे

काठमाडौ, २९ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षा गर्दै हुनुहुन्छ ।

अहिले केहिबेरमा अर्थमन्त्रालयको सुवर्ण हलमा गरिने चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समिक्षामा बजेटको आकार र आर्थिक वृद्धिदर घटाउने अनुमान गरिएको छ । राजश्व संकलनमा कमी आएको र पुँजीगत खर्च पनि कम भएकाले बजेटको आकार घटाउने अनुमान गरिएको हो । चालु वर्षको बजेट आकार १५ खर्ब ३२ अर्ब रुपैया“ रहेको छ । यो वर्षको आर्थिक वृद्धिदर साढे ८ प्रतिशत राखिएको छ । त्यसलाई पनि घटाउने अनुमान गरिएको छ । साढे ८ प्रतिशतको आर्थिक वृद्धि गर्न नसकिने अवस्था आएपछि अर्थमन्त्री खतिवडाले त्यसलाई संशोधन गर्न लाग्नुभएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेको छ । तर, सरकारले ७ प्रतिशतको हाराहारीमा मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको छ । सात महिना बित्दा चालु ३७ प्रतिशत र पु“जीगत १८ प्रतिशत मात्रै खर्च भएको छ ।

यो वर्ष सरकारले ४ खर्ब ८ अर्ब पुँजीगत खर्च शीर्षकमा बजेट विनियोजन गरेको छ । राजस्व संकलन पनि लक्ष्यभन्दा कमी छ । चालु आर्थिक वर्षको ७ महिनामा सरकारले आन्तरिक र भन्सार महसुल संकलन गरी कुल ४ खर्ब ३५ अर्ब राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा १ खर्ब ५ अर्ब कम हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com