ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वस्त भएर काम गर्नुस्, अप्ठ्यारो परे मलाई भन्नुहोस्– प्रधानमन्त्री ओली


admin
माघ २८, २०७६ मंगलबार  ४ : १३ बजे

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ ९सिआइपी० सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहो¥याउनुभयो । उहाँले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उहाँले भन्नुभयो, “केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ, निर्यातका विभिन्न क्षेत्रमा सरकारले सहजीकरण गरिरहेको छ ।”

उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट निजी क्षेत्रलाई पूर्णरुपमा साथ रहने विश्वास दिलाउनुभयो । “ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुहोस्”, व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यदि कुनै अप्ठ्यारो आए मलाई भन्नुहोस् ।”राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताउनुभयो । “अब हामी नयाँ मार्गमा उत्साहित भएका छौँ, सिङ्गो देश विकासको काममा नलागी सुशासन र विकास सम्भव छैन”, उहाँले भन्नुभयो, “विकास र समृद्धिका लागि निजी क्षेत्रको सामूहिक सहयोगको खाँचो छ, सुशासन र देश विकासमा हाम्रो सामूहिक प्रयास लगाउनुपर्छ ।”

विकास र समृद्धिको मामिलामा सरकार र निजी क्षेत्रको समान धारणा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अब सुशासनमा पनि एक मत हुनुपर्ने बताउनुभयो । सुशासन विकास र समृद्धिको बाधक नभएको प्रष्ट्याउँदै उहाँले पारदर्शिता, स्वच्छता र कानूनको परिपालना गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । निजी क्षेत्रलाई लगानीमा सहजीकरण गर्न सरकारले विभिन्न प्रयास अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्रीले लगानीको वातावरण बनाइएको बताउनुभयो । “एकल विन्दु सेवा स्थापना गरिएको छ, लगानीको वातावरण बनाइएको छ, बैंक, वित्तीय संस्था र उद्योगीका बीमा उचित र सन्तुलित सम्बन्ध होस्, सरकार र व्यवासयीबीच पनि सौहाद्र्रपूर्ण सम्बन्ध होस् हामी यही चाहेका छौँ ।”

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सिआइपी सम्मानबाट निजी क्षेत्रको मनोबल बढेको बताउनुभयो । मुलुकका लगानीको वातावरण बनाउन सरकार सदैव क्रियाशील रहेको बताउँदै उहाँले भन्नुभयो, “राज्य सधैँ व्यवासयीको साथमा छ, हामी व्यापार–व्यवसाय गर्न कुनै व्यवधान आउन दिँदैनौँ । उद्योगी व्यवसायीको मनोबल खस्कन दिँदैनौँ, ढुक्क भएर लगानी गर्नुहोस् ।”उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सम्मानबाट मुलुकको अर्थतन्त्रको विकासमा लाग्न व्यवसायीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सम्मानित व्यक्तित्व एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सिआइपी सम्मानबाट व्यवसायीमा उत्साह थपिएको बताउनुभयो । निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै हिँडेको उल्लेख गर्दै उहाँले समृद्धिको यात्रामा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com