ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसिसी विश्वकप लिग दुई : अमेरिकासामु २७७ रनको लक्ष्य


admin
माघ २८, २०७६ मंगलबार  २ : ३८ बजे

काठमाडौं, २८ माघ । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आजको खेलमा ओमानले अमेरिका सामु जितका लागि २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डङ रोजेपछि ओमानले शुरुआतमा ब्याटिङ गर्न पुगेको हो ।
ओमानले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर २७६ रन बनायो । ओमानका अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे । नेपालसितको खेलमा सोमबार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे । अकिबले १२३ बल खेल्दै एक छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९ रन बनाए । उनले १०९ बल खलेर चार छक्का र १० चौका हाने । दुवै जनाले २१६ रनको साझेदारी निभाए ।

अकिब र मक्सुदको उत्कृष्ट ब्याटिङका कारण ओमानले सम्मानजनक स्कोर खडा गर्न सकेको हो । अन्य खेलमा जस्तै ओमानले सस्तैमा प्रारम्भिक ब्ययाटस्म्यान गुमाएको थियो । जतिन्दर सिंह नौ तथा खवर अलीले १० रन मात्र बनाए । ओमानले ३१ रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अकिब र मक्सुदले नै ओमानको पारी सम्हालेका थिए । यस्तै सन्दिप गौडले अविजित १३ रन बनाए ।

बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरनले तीन तीन विकेट लिए । सौरभले १० ओभर बलिङ गर्दै तीन मेन राखी रन खर्चिएका थिए । रुस्टीले १० ओभरमा ६० रन दिनुभयो । अन्य बलरले भने विकेट लिन सकेनन् । अमेरिका अहिले जवाफी ब्याटिङ गरिरहेको छ । उसले कमजोर शुरुआत गरेको छ । अमेरिकाले पाँच ओभरमा दुई विकेट गुमाउँदै मात्र १३ रन बनाएको छ । मोनाङ्क पटेल र स्टेभन टेलर रन नै नबनाइकन पभेलियन फर्केका छन् । अहिले जेभियर मार्सल र इयान होल्याण्ड ब्याटिङ गरिरहेका छन् । अमेरिका ओमानसित दोस्रो पटक खेल्न लागेको हो । अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित भएको थियो । अमेरिकाको पूरै ध्यान ओमानलाई उछिनेर शीर्ष स्थानमा उक्लिने रहनेछ । ओमान हालसम्म नौ खेलमा सातमा जित तथा दुईमा हारका साथ १४ अंकसहित शीर्ष स्थानमा छ । अमेरिका हालसम्म खेलेको १० खेलमध्ये छ मा जित र चारमा हारका साथ १२ अङ्क बटुलेर दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

नेपालले अमेरिकालाई १२२ रनले हरायो

घरेलु मैदानमा नेपालको शानदार पुनरागमन: लिग २ मा १२ अंकको छलाङ

काभा महिला भलिबल च्याम्पियन आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

लिग–२ क्रिकेटः स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com