ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्तिपाईले रोगबाट वच्न दुइ थरी औषधि, दशौ वर्षदेखि विश्वभर प्रयोग गरिदै (भिडियोसहित)


admin

काठमाडौं, २८ माघ । राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान अन्तर्गत बर्दियामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइएको छ । बर्दियामा गर्भवति, सुत्केरी भएको ७ दिन भित्रका महिला , २ वर्ष मुनिका बालबालिका, र गम्भिर प्रकृतिका विरामी बाहेक अन्य सवैलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइएको छ ।

जिल्लाका ४ लाख ७७ हजार ६ सय ६६ जनसंख्या मध्ये ४ लाख ४५ हजार ५ सए ३१ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइने भएको हो । औषधि खाने ४ लाख ४५ हजार ५ सए ३१ जना मध्ये कोहि भारत तथा तेस्रो मुलक रोजगारीका लागि र अन्य कामका लागि गएकाहरुलाई घर फर्किएपछि स्थानीय स्वास्थ्य सस्थाबाट खुवाइने भएको हो । औषधि खुवाउनका लागि करिब ३ सए वटा बुथ सेन्टर तोकिएका थिए भने, ८ सए ४१ महिला स्वास्थ्य स्वंयम सेविका र ४ सए जना स्वास्थ्य कर्मी खटाइएको थियो । बर्दियाका ८ वटा स्थानीय तह मध्ये गुलरिया नगरपालिका औषधि सेवनका हिसाबले निकै कम रहेको छ । सामाजिक र धार्मिक मान्यताका कारण औषधि सेवन गराउनु मुख्य चुनौतिका रु।पमा देखिएको छ । विगतका वर्षमा सवै भन्दा कम औषधि सेवन गरेका समुदाएको आधारमा गुलरिया नगरपालिकाको मुस्लिम समुदायको बाहुल्य रहेको स्थानबाट सुरुवात गरिएको थियो । मदरसा असरफिया मसउदुल उलुम प्राविका प्रधानअध्यापक मोहम्मद इसाद खाले विगतको भन्दा यस पटक हात्तिपाईले विरुद्धको औषधि खानेमा उल्लेखनिय बृद्धि हुने दावि गरे । समस्या मुस्लिम समुदायमा मात्र नभएर अन्य समुदायमा पनि हात्तिपाइले विरुद्धकोे औषधि सेवनले नकारात्मक असर पर्ने भ्रमका कारण पनि समस्या उत्पन्न भएको हो । जनचेतनाको कमिका कारण पनि विगतका वर्षहरुमा लक्ष्य अनुसार औषधि खुवाउन सकिएको थिएन । हात्तिपाईले विरुद्धको औषधि खानु पर्छ भनेर सन्देश नगर , वडा तथा टोल टोलमा जानकारी गराइएको गुलरिया नगरपालिका वड न ७ का वडाअध्यक्ष गीता बस्नेत बताउछिन् ।

आम नागरिकमा औषधि सेवन बारे गलत धारणा, सामाजिक तथा धार्मिक मुल्य मान्यता , सर्भिलेन्सका क्रममा पास हुन नसकेका जिल्लाहरु, शहरी क्षेत्रमा औषधि सेवनको प्रगति सन्तोषजनक नहुनु , नया संरचनामा आम औषधि सेवन अभियान संचालनका साथै उपलव्धिलाई दिगो बनाइराख्नु मुख्य चुनौतिको बिषय बनेका छन् । औषधी खान छुटेकालाई घरदैलो अभियान संचालन गरिने भएको छ । घरदैलो अभियान कम्तिमा पनि ३ दिन सम्म संचालन गरिने स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए । नेपालमा ६३ वटा जिल्ला हात्तिपाईले रोगको जोखिममा रहेका छन । जस मध्ये यस पटक झापा , मोरङ, धनकुटा, बारा, पर्वत, लम्जुङ , बागलुङ , कपिलवस्तु, दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुर गरी १३ वटा जिल्लाका ७० लाख मानिसहरुलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइदै छ । विश्व स्वास्थ्य संगठनले सन २०२० सम्म आम औषधि सेवन मार्फत विश्वबाटै यो रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । विश्वका ७१ मध्ये २१ संक्रमित देशहरुले आम औषधि सेवन कार्यक्रम सम्पन्न गरिसकेका छन । हालसम्म ४९.९ करोड मानिसहरुले पुर्ण उपचार पाएका छन । हात्तिपाईले रोगबाट वच्न दुइ थरी औषधिहरु प्रयोग हुन्छन जुन पुर्ण रुपमा सुरक्षित छन र यी औषधि दशौ वर्षदेखि विश्वभर प्रयोग गरिदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com