काठमाण्डौं, ७ मंसिर । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।
राजधानीको लाजिम्पाटस्थित प्रचण्ड निवास माओवादी केन्द्रले एक कार्यक्रम गरी गरी प्रकाशप्रति श्रद्धान्जली व्यक्त गरेको हो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, व्यवस्थापिका संसद सभाभुख ओनसरी घर्ती, नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पूर्व सभामुख तारानाथ दाहाल, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, विदेशी कुटनीतिक नियोगका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तिहरुको स्वर्गीय प्रकाशप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । माओवादी केन्द्रको पोलिटब्युरो सदस्य प्रकाशको मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्