ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखको पेट्रोलियम अन्वेषण कार्य सफलता नजिकै पुग्दै (भिडियोसहित)


एबीसी न्यूज


दैलेख, ९ माघ । दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि बढाइरहेका छन् ।

विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ । अनुसन्धान गर्न अत्याधुनिक साधनसमेत यहाँ ल्याइएको छ । सर्भेअन्तर्गत जमिनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ । चार सर्भेमध्ये सबैभन्दा महत्वपूर्ण ‘साइस्मिक सर्भे’ मानिन्छ । यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान गर्न लागिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पेट्रोलियम भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि ड्रिलिङ गर्ने काम शुरु भइरहेको छ । १० मध्ये एउटा सर्कलमा जमीनमुनि करीब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलमा त्यही अनुपातमा काममा तीव्रता दिएको छ ।”
जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने भूगर्भ विभाग जनाएको छ ।

अन्वेषणका तीन वटा साइस्मिक सर्भे सम्पन्न भएका छन् । पूर्वपश्चिम उत्तरदक्षिणका विभिन्न भूभागमा जमिनको ४५ फिट मुनिसम्म सानो मेसिनमार्फत ड्रिलिङ गर्ने काम सम्पन्न भएपछि प्रत्येक प्वालमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम शुरु गरिएको छ । दश वटा साइस्मिक लाइनमा २०० किलोमिटर क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम शुरु भएको छ । एउटा लाइनमा ४०० वर्गमिटर भूभाग समेटिइ सर्भेको काम भइरहेको विभागले जनाएको छ ।
अन्वेषण अधिकृत डा त्रिपाठीले भन्नुभयो, “तीन साइस्मिक सर्भेको काम सम्पन्न भएको छ ।” अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दिशामा गरी १० वटा साइस्मिक लाइन खनिएका छन् ।  बाँकी रहेका सात वटा साइस्मिक लाइनमा काम धमाधम भइरहेको छ । माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर अध्ययन लागि पुनःविशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डार क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जनाएको छ । ब
अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्रेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङजस्ता काम सम्पन्नपश्चात् महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको काम अहिले शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com