ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपडेट हुँदैनन् स्थानीय तहका वेबसाइट


एबीसी न्यूज
माघ ८, २०७६ बुधबार  ४ : ३७ बजे

सिरहा, ८  माघ । जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै स्थानीय तहले वेबसाइट बनाएका छन् । आफ्ना गतिविधिलाई पारदर्शी, सेवामूलक र जानकारीमूलक बनाउन सबै सामग्री अपलोड गर्ने लक्ष्यका साथ स्थानीय तहमा सूचना प्रविधि अधिकृतको समेत व्यवस्था गरिएको छ । यद्यपि, अधिकांश स्थानीय तहले आफ्ना सबै विवरण वेबसाइटमा राखेका छैनन् ।

जिल्ला सिरहाका १७ वटै स्थानीय तहले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना तथा जानकारीमूलक विवरण उल्लेख गरेका छैनन् । बरु, कतिपय स्थानीय तहले आफ्नो वेबसाइटमा अढाई वर्षअघि निर्वाचित जनप्रतिनिधिको विवरण र बोलपत्र आह्वान गरेका विज्ञापन मात्र राखेका छन् ।

आफूहरूलाई चाहिने मुख्य विवरण नै लुकाउने गरेको सेवाग्रहीको गुनासो छ । स्थानीय तहका अनलाइनमा जनतालाई आवश्यक पर्ने जानकारीमूलक सामग्री नराखिएको बरियारपट्टि गाउँपालिकाका युवा निरज यादवले बताए । उनले भने, ‘वेबसाइटमा विवरण नराख्नु जनतालाई सीधै ठग्नु हो ।’ सामान्य विवरणसमेत गाउँपालिकाको वेबसाइटमा नभेटिएको सानु बस्नेतको गुनासो छ । ‘गाउँगाउँमा इन्टरनेटको पहुँच सहज भएका वेला व्यक्तिगत घटना दर्ता, स्थानीय तहका मासिक, चौमासिक र वार्षिक प्रगति विवरण, खर्च तथा आम्दानीका विवरण अनलाइनमा नियमित अद्यावधिक हुनुपर्नेमा त्यस्तो पाइँदैन,’ उनले भने ।

कर्मचारी विवरणले भरिएका छन् वेबसाइट सिरहा नगरपालिकासहित सिरहामा १७ वटा स्थानीय तह छन् । ८ वटा नगरपालिका र ९ वटा गाँउपालिकाको वेबसाइटमा कर्मचारी र जनप्रतिनिधिको विवरण मात्र पाइने गरेको छ । स्थानीय तहका वेबपेजका मुख्य मेनुअन्तर्गत गृहपृष्ठ, परिचय, कर्मचारी, कार्यक्रम तथा परियोजना, प्रतिवेदन, विद्युतीय सुशासन सेवा, सूचना तथा जानकारी, विषयगत शाखा, ऐन, नियम, स्थानीय राजपत्र आदि समावेश छन् । मुख्य मेनुअन्तर्गत विभिन्न सहायक मेनु राखिएका छन् । त्यस्तै, वेबसाइटमा निर्वाचित वडाध्यक्ष तथा वडा सदस्यहरूको विवरण देख्न सकिन्छ । वेबपेजमा वडागत प्रोफाइल विवरण, सामाजिक सुरक्षा, मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदनलगायतका विवरण समावेश गर्ने भनिए पनि ती पूर्ण छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहराको पीडाः डोजरको हुंकारसँगै सुकुम्बासीको आश्रित सपना धरापमा (फोटो फिचर)

मनहरामा डोजर आतंक: प्रहरी घेराउबीच सुकुम्बासी सडकमा

सम्बन्धित

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com