ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपडेट हुँदैनन् स्थानीय तहका वेबसाइट


एबीसी न्यूज

सिरहा, ८  माघ । जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै स्थानीय तहले वेबसाइट बनाएका छन् । आफ्ना गतिविधिलाई पारदर्शी, सेवामूलक र जानकारीमूलक बनाउन सबै सामग्री अपलोड गर्ने लक्ष्यका साथ स्थानीय तहमा सूचना प्रविधि अधिकृतको समेत व्यवस्था गरिएको छ । यद्यपि, अधिकांश स्थानीय तहले आफ्ना सबै विवरण वेबसाइटमा राखेका छैनन् ।

जिल्ला सिरहाका १७ वटै स्थानीय तहले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना तथा जानकारीमूलक विवरण उल्लेख गरेका छैनन् । बरु, कतिपय स्थानीय तहले आफ्नो वेबसाइटमा अढाई वर्षअघि निर्वाचित जनप्रतिनिधिको विवरण र बोलपत्र आह्वान गरेका विज्ञापन मात्र राखेका छन् ।

आफूहरूलाई चाहिने मुख्य विवरण नै लुकाउने गरेको सेवाग्रहीको गुनासो छ । स्थानीय तहका अनलाइनमा जनतालाई आवश्यक पर्ने जानकारीमूलक सामग्री नराखिएको बरियारपट्टि गाउँपालिकाका युवा निरज यादवले बताए । उनले भने, ‘वेबसाइटमा विवरण नराख्नु जनतालाई सीधै ठग्नु हो ।’ सामान्य विवरणसमेत गाउँपालिकाको वेबसाइटमा नभेटिएको सानु बस्नेतको गुनासो छ । ‘गाउँगाउँमा इन्टरनेटको पहुँच सहज भएका वेला व्यक्तिगत घटना दर्ता, स्थानीय तहका मासिक, चौमासिक र वार्षिक प्रगति विवरण, खर्च तथा आम्दानीका विवरण अनलाइनमा नियमित अद्यावधिक हुनुपर्नेमा त्यस्तो पाइँदैन,’ उनले भने ।

कर्मचारी विवरणले भरिएका छन् वेबसाइट सिरहा नगरपालिकासहित सिरहामा १७ वटा स्थानीय तह छन् । ८ वटा नगरपालिका र ९ वटा गाँउपालिकाको वेबसाइटमा कर्मचारी र जनप्रतिनिधिको विवरण मात्र पाइने गरेको छ । स्थानीय तहका वेबपेजका मुख्य मेनुअन्तर्गत गृहपृष्ठ, परिचय, कर्मचारी, कार्यक्रम तथा परियोजना, प्रतिवेदन, विद्युतीय सुशासन सेवा, सूचना तथा जानकारी, विषयगत शाखा, ऐन, नियम, स्थानीय राजपत्र आदि समावेश छन् । मुख्य मेनुअन्तर्गत विभिन्न सहायक मेनु राखिएका छन् । त्यस्तै, वेबसाइटमा निर्वाचित वडाध्यक्ष तथा वडा सदस्यहरूको विवरण देख्न सकिन्छ । वेबपेजमा वडागत प्रोफाइल विवरण, सामाजिक सुरक्षा, मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदनलगायतका विवरण समावेश गर्ने भनिए पनि ती पूर्ण छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com