ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल भैहरवा व्यापारिक मार्ग विस्तार आयोजना कर्मचारीबिहीन (भिडियोसहित)


एबीसी न्यूज
माघ ८, २०७६ बुधबार  ९ : २१ बजे

बुटवल , ८ माघ । राज्यले समृद्ध नेपालको नारालाई मुल नाराकारुपमा बनाए पनि समृद्ध नेपालको कार्यान्वयन गर्ने कर्मचारी निकायलाई भने राज्यको नारा “बाल मतलब” जस्तै बनेको छ ।

नेपालकै मुख्य नाका भैरहवा नाकासंग जोडीने ब्यापारीक मार्ग बिस्तार आयोजनाको कार्यालयमा बिभागले हाकिम त पठाएको छैन नै भएका कर्मचारीहरु पनि कार्यालयमा नबसीदिंदा सकिनै लागेको परियोजनाको काममा असर पर्ने देखिएको छ ।

बुटवल बेलहिया सडकलाई ब्यापारीक मार्ग बिस्तार आयोजना नाम दिएर राज्यले काम थालेको ९ वर्ष पुग्यो । ३ वर्षमा सक्ने लक्ष्यका साथ सुरु भएको २३ किलोमिटर सडक बनाउन राज्यलाई ९ वर्ष लाग्यो । अझै सडक बिस्तारको काम पुरा भएको छैन ।

आयोजनाको काम पुरा हुन बांकी नै रहंदा र परियोजना अन्तर्गत सडकमा लगाईएका सडक बत्तीको काम पुरै असफल भईरहंदा आयोजनको कार्यालय भने कर्मचारीबिहिन हुने गरेको छ । आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि चिडियाखोलाको सडक बिस्तारको काम अदालतमा बिचाराधीन छ ।

सडकमा जडान गरिएका सौर्य लाईटहरु बनाउंदा बनाउंदै बल्दैनन् । तर ती सबै कामको अनुगमन, निर्देशन र कार्यान्वयन गर्न रुपन्देहीको मणिग्राममा खुलेको कार्यालय कर्मचारीबिहिन छ ।

कार्यालय प्रमुख जिवेन्द्र मिश्रको सरुवा भएको २ महिना बढी भईसकेको छ । बिभागले मिश्रको स्थानमा कसैलाई खटाएको छैन । कार्यालयमा रहेका ३ जना ईन्जीनियरको पनि सरुवा निकालिएको छ तर नयां आउने ईन्जीनियरहरुको अत्तोपत्तो छैन ।

३ जना ईन्जीनियर, ४ जना सब ईन्जीनियर, १ जना लेखापाल र २ जना प्रशासनको दरबन्दी रहेको कार्यालयमा एबिसी टिम पुग्दा १ जना सरुवा भै सकेकी ईन्जीनीयर र १ जना सब ईन्जीनियर मात्र उपस्थित थिए । प्रशासनको दरबन्दी खाली भएको ३ महिना बढी भएपनि बिभागले कर्मचारी पठाएको छैन ।

माघे संक्रान्तीमा बिदा मान्न घर गएका कोहि पनि कर्मचारी कार्यालय फर्केका छैनन् । बिग्रेको सौर्य बत्तीको तथ्यांक माग्दा उपलब्ध गराउन नसकेकी ईन्जीनियर प्रकृति अधिकारीले कर्मचारी नभएपनि काम नरोकिएको दाबी गर्छिन् ।

सडक बिस्तार अन्तर्गत अदालतमा पुगेको मुद्दामा अदालतको आदेश अनुसार बुटवल नगर खण्डमा मुआब्जा दिनु नपर्ने छानबिन समितीले ठहर गरेकै दिनदेखि आयोजना कार्यान्वयन गर्ने कार्यालय, कर्मचारीबिहिन बन्यो । यस्तो अवस्थामा, सडक बिस्तारको काम कसरी सम्पन्न होला भन्ने आशंका गर्न सकिने अवस्था आएको छ । राज्यले समृद्ध नेपाल भनेर घोकिरहंदा २ दिन प्रदेश सरकारले दिएको बिदालाई ५ दिन सम्म मनाउने कर्मचारीहरुबाट समृद्ध नेपालको सपना साकार होला र ?

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहराको पीडाः डोजरको हुंकारसँगै सुकुम्बासीको आश्रित सपना धरापमा (फोटो फिचर)

मनहरामा डोजर आतंक: प्रहरी घेराउबीच सुकुम्बासी सडकमा

सम्बन्धित

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com