ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका सयौं बेरोजगार यूवाहरु छिमेकी मुलुक भारतमा ठगिदै (भिडियोसहित)


एबीसी न्यूज
माघ ५, २०७६ आईतबार  १ : १६ बजे


काठमाडौं,  ५  माघ ।  विगत केही महिनादेखी नेपालका सयौं बेरोजगार यूवाहरु छिमेकी मुलुक भारतमा ठगिदै आएको खुलासा भएको छ । यती मात्र नभएर उनीहरुलाई भारतीय नागरिकता भनिने “आधार कार्ड” समेत बनाइदिने गरिन्छ । दुई हजार ५ सय शुल्क तिरेपछि केही मिनेटमै आधार कार्डको प्रतिलिपी दिने गरिएको छ ।

भारतको बिहार राज्य अन्तरगत सारण जिल्ला छपरास्थित नेवाजी चौकमा एम एस माँ लक्ष्मी इन्टरप्राइजेज नामक एक नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं नेपाली युवाहरुलाई ठगिरहेको खुलासा भएको छ । सोही कम्पनीमा काम लगाइदिने भन्दै ३५ हजार रुँपैया गुमाएका राजविराज नगरपालिका १ डुमरी शिवथान निवासी २५ वर्षिय राजेश कुमार यादव त्यहाँबाट भाग्न सफल भएपछि यो खुलासा भएको हो । उनलाई भने अरु कसैले होइन् नातामा पर्ने भान्जाले जागिरको प्रलोभनमा पारेर भारत पु¥याएका थिए ।

उनी बुधबार घर आइपुगेपनि अहिले ६ सयभन्दा बढी नेपाली यूवाहरु त्यहा बन्धक अवस्थामा रहेको उनले जानकारी दिएका छन् । उक्त स्थानमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका गरि ६ सय यूवाहरु बन्धक अवस्थामा रहेको र कम्पनीले घर फर्किन नदिएको उनि बताउ“छन् ।

भारतीय ग्लेज ट्रेडिङ इण्डिया प्रालिको शाखा रहेको बताउने एम एस माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले तराईका जिल्लाहरुमा दर्जनौं एजेन्ट खटाई त्यहाँका युवालाई आकर्षक तलबसहितको जागिर दिने प्रलोभनमा पारी लैजाने गरेको पीडित राजेशले बताए । भारतीय एजेन्टहरुले केही स्थानीय व्यक्तिलाई विश्वासमा लिई त्यस्तो अवैध कारोवार खुलेआम गरिरहेको यादवको भनाई छ । यता एक हप्तासम्म तालिम र प्रवचन सुनेर दिक्क भएका उनीहरु घर फर्किन्न चाहे पनि आउन नदिएको राजेश बताउ“छन् ।

नेपाली युवाहरुलाई जागिरका लागि भारतीय आधारकार्ड आवश्यक पर्ने भन्दै सो वापत प्रति व्यक्ति २ हजार ५ सय, प्रवेश शुल्क वापत १ हजार र आवास खर्च वापत १८ हजार गरी प्रतिव्यक्तिबाट २१ हजार ५ सय भारतीय रुपैया कम्पनीका संचालकले असुल गरेको यादवले जानकारी दिए ।

यसरी भइरहेको ठगी धन्दालाई नियन्त्रण गर्न र त्यहा“ फसेका नेपाली यूवाहरुलाई जोगाई सुरक्षित साथ फिर्ता ल्याउन भारतीय प्रहरीसग समन्वय गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

सम्बन्धित

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com